भक्तपुर। भक्तपुर–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले अग्रता बनाएका छन्।
निर्वाचन आयोग अनुसार खत्रीले हालसम्म ३ हजार ६० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश बस्नेतले १ हजार ५७३ मत पाएका छन्। त्यसैगरी नेपाली कांग्रेसका कबीर राणाले ४८४ मत पाएका छन् भने अन्य उम्मेदवारहरूले ४४५ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार