Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सर्लाही–४ को उम्मेदवारीले मलाई राजनीतिक पूर्णता दियोः गगन थापा


नेपाली काँग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर ४ को उम्मेदवारीले आफूलाई राजनीतिक रूपमा पूर्णता दिएको बताउनुभएको छ । काठमाडौंको मैतीदेवीस्थित मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले मधेसको बसाइले आफ्नो दृष्टिकोण र सोच्ने तरिका नै बदलिदिएको बताउनुभएको हो । विगतका निर्वाचनहरूमा आफैँ उम्मेदवार हुँदा आफैँलाई मत हाल्ने गरेको स्मरण गर्दै उहाँले यसपटक भने युवा उम्मेदवार सचिन तिमल्सिनालाई मतदान गर्न पाउँदा निकै खुशी लागेको बताउनु भयो । आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ को अवस्थाबारे जानकारी दिँदै थापाले दुईवटा मतदान केन्द्रमा सामान्य तनाव भएर केहीबेर मतदान रोकिए पनि सर्वदलीय छलफलपछि पुनः सुचारु भएको जानकारी दिनुभयो । उहाँले विपक्षीहरूले उक्साउने कोशिस गरे पनि काँग्रेसले संयमता अपनाएको र कुनैपनि अप्रिय घटना हुन नदिने स्पष्ट पार्नुभयो । विगतमा मधेसलाई बाहिरबाट मात्रै हेरेको र त्यहाँको वास्तविक अवस्था थाहा नपाएकोमा एक राजनीतिज्ञको रूपमा आफूलाई लज्जा महशुस भएको उहाँले स्वीकार गर्नुभयो । सर्लाही–४ को अनुभवले आफूलाई देश हेर्ने नयाँ दृष्टिकोण दिएको र राजनीतिक रूपमा पूर्ण बनाएको उहाँको भनाइ छ ।

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर ४ को उम्मेदवारीले आफूलाई राजनीतिक रूपमा पूर्णता दिएको बताउनुभएको छ ।

काठमाडौंको मैतीदेवीस्थित मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले मधेसको बसाइले आफ्नो दृष्टिकोण र सोच्ने तरिका नै बदलिदिएको बताउनुभएको हो । विगतका निर्वाचनहरूमा आफैँ उम्मेदवार हुँदा आफैँलाई मत हाल्ने गरेको स्मरण गर्दै उहाँले यसपटक भने युवा उम्मेदवार सचिन तिमल्सिनालाई मतदान गर्न पाउँदा निकै खुशी लागेको बताउनु भयो । आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ को अवस्थाबारे जानकारी दिँदै थापाले दुईवटा मतदान केन्द्रमा सामान्य तनाव भएर केहीबेर मतदान रोकिए पनि सर्वदलीय छलफलपछि पुनः सुचारु भएको जानकारी दिनुभयो । उहाँले विपक्षीहरूले उक्साउने कोशिस गरे पनि काँग्रेसले संयमता अपनाएको र कुनैपनि अप्रिय घटना हुन नदिने स्पष्ट पार्नुभयो ।

विगतमा मधेसलाई बाहिरबाट मात्रै हेरेको र त्यहाँको वास्तविक अवस्था थाहा नपाएकोमा एक राजनीतिज्ञको रूपमा आफूलाई लज्जा महशुस भएको उहाँले स्वीकार गर्नुभयो । सर्लाही–४ को अनुभवले आफूलाई देश हेर्ने नयाँ दृष्टिकोण दिएको र राजनीतिक रूपमा पूर्ण बनाएको उहाँको भनाइ छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?