Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इमान बेच्नेहरूका लागि पार्टीको ढोका सँधै बन्द हुन्छ : रवि लामिछाने


२९ चैत्र, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेले इमान बेच्नेहरूका लागि पार्टीको ढोका बन्द हुने बताएका छन् ।

चितवनमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले इमान बेच्नेहरूका लागि पार्टीको ढोका सँधै बन्द हुने बताएका हुन् ।

उनले भनेका छन्, ‘मेरा दलका साथीहरूले इमान बिक्रीमा राखेका छन् भने उसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको ढोका खुल्ला हुन्छ भन्ने छैन । त्यो ढोका बन्द हुन्छ, यदी प्रमाणित भएको खण्डमा ।’

उनले इमान किन्नका लागि मानिसहरू ठाउँठाउँमा बसेको बताउँदै बेच्नेले नबेच्दा कसैले किन्न नसक्ने पनि धारणा राखे ।

‘इमान किन्न गौँडागौँडामा मान्छे बसेका छन्। तर, बेच्नेले नबेच्यो भने किन्नेले किन्न सक्दैन । कसैले गलत गरेछ आफन्त हो कि पराई हो अनुहारमा नहेरी सजाय दिन सकिन्छ ।’ उनले भनेका छन् ।


प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?