Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

इमान बेच्नेहरूका लागि पार्टीको ढोका सँधै बन्द हुन्छ : रवि लामिछाने


२९ चैत्र, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेले इमान बेच्नेहरूका लागि पार्टीको ढोका बन्द हुने बताएका छन् ।

चितवनमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले इमान बेच्नेहरूका लागि पार्टीको ढोका सँधै बन्द हुने बताएका हुन् ।

उनले भनेका छन्, ‘मेरा दलका साथीहरूले इमान बिक्रीमा राखेका छन् भने उसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको ढोका खुल्ला हुन्छ भन्ने छैन । त्यो ढोका बन्द हुन्छ, यदी प्रमाणित भएको खण्डमा ।’

उनले इमान किन्नका लागि मानिसहरू ठाउँठाउँमा बसेको बताउँदै बेच्नेले नबेच्दा कसैले किन्न नसक्ने पनि धारणा राखे ।

‘इमान किन्न गौँडागौँडामा मान्छे बसेका छन्। तर, बेच्नेले नबेच्यो भने किन्नेले किन्न सक्दैन । कसैले गलत गरेछ आफन्त हो कि पराई हो अनुहारमा नहेरी सजाय दिन सकिन्छ ।’ उनले भनेका छन् ।


प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?