Trending
>>   मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा (फोटो फिचर) >>   निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान >>   फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल >>   अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित >>   निर्वाचनका लागि काठमाडौंका मतदान स्थलहरु तयार >>   उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह >>   आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक >>   धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो >>   पेट्रोल पम्पमा उपभोक्ताको भीड >>   दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?
Logo
२० फाल्गुन २०८२, बुधबार
२० फाल्गुन २०८२, बुधबार

धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो


धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो

धनुषा । निर्वाचनको मौन अवधि शुरु भएसँगै धनुषामा रहेका भारतीय सीमा नाकाहरु सिल गरिएको छ ।

प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले निर्वाचनमा अवाञ्छित गतिविधि हुन नदिने सुरक्षा योजनाअनुसार धनुषा जिल्लाका जटहीलगायतका सीमा नाका बन्द गरिएको जानकारी दिनुभएको हो । गत रातिबाट नाका बन्द गरिएको सो नाका फागुन २१ गते निर्वाचनको मतदान कार्य सम्पन्न भएपछि मात्रै संचालनमा आउनेछ । प्रहरी नायव उपरीक्षक बमले सीमा नाकाहरुबाट निर्वाचनमा हुने सुरक्षा चुनौतिलाई ध्यानमा राखेर सवारी साधनलगायतका चेकजाँचमा पनि कठाई गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘प्रतिनिधि सभा निर्वाचनका लागि धनुषा जिल्लाको भारतीय सीमा क्षेत्रसँग जोडिएको सीमाहरु पूर्ण रुपमा १८ गते हिजो राति १२ बजेदेखि २१ गते रातिसम्म नाका सिल गरिएको अवस्था छ । र अहिले नाकाहरुमा चेकजाँच गरिरहेको अवस्था पनि छ । र कुनैपनि सवारी साधन र मानिसहरुलाई आवातजावत गर्न दिइएको छैन । २१ गते हुने चुनावको सन्दर्भमा एकीकृत सुरक्षा योजना तर्जुमा गरेर कार्यान्वयन भइरहेको छ । सोही अनुसारको जनशक्तिहरु नेपाल प्रहरी, सशष्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागलगायत सुरक्षा निकायहरुबाट जनशक्ति परिचालन भईसकेको छ ।’

नेपाल–भारतबीचको सीमा नाकामा दुवै देशका सुरक्षा अधिकारीहरुको बैठकले निर्वाचनमा केन्द्रित सुरक्षा योजना बनाएको र सोही अनुसार सो नाका बन्द गर्ने काम गरिएको हो । त्यसैगरी एकीकृत सुरक्षा योजनाअनुसार नेपाल प्रहरी, सशष्त्र प्रहरी बल, नेपाली सेना र राष्टित«य अनुसन्धान विभागका जनशक्तिहरु निर्वाचनका लागि परिचालन गरिएको प्रहरी नायव उपरीक्षक बमले बताउनु भयो ।


प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?