Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

वास्तविक मिटरब्याजी सरकार हो : ज्ञानेन्द्र शाही


२९ चैत्र, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले वास्तविक मिटरब्याजी सरकार भएको टिप्पणी गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले पैसा थुपारेर ब्याज खाइरहेकाले वास्तविक मिटरब्याजी सरकार रहेको टिप्पणी गरेका हुन् ।

बैठकमा बोल्दै उनले भने, ‘जुम्लालगायतका कर्णालीका निर्माण व्यवसायीहरु झुण्डिन तयार छन् । सरकारले मिटरब्याजीलाई कारबाही गर्छु भनिरहेको छ । वास्तविक मिटरब्याजी यो सरकार हो । यसको डाटा छ, सरकारले अहिले फिक्स डिपोजिट मात्र २ खर्ब ११ अर्ब रुपैयाँ गरेको छ । निर्माण व्यवसायीलगायतलाई नदिएर सरकारले ३ खर्ब ६२ अर्ब ७७ करोड सरकारी खातामा बचत गरेको ब्याज खाइरहेको छ ।’

ब्याज तिर्न नसकेर १०० जना व्यवसायीले मृत्युवरण गरेको समेत उनले बताएका छन् ।


प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?