Trending
>>   मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा (फोटो फिचर) >>   निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान >>   फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल >>   अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित >>   निर्वाचनका लागि काठमाडौंका मतदान स्थलहरु तयार >>   उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह >>   आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक >>   धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो >>   पेट्रोल पम्पमा उपभोक्ताको भीड >>   दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?
Logo
२० फाल्गुन २०८२, बुधबार
२० फाल्गुन २०८२, बुधबार

काठमाडौंबाट मतदानका लागि गाउँ फर्किंदै नागरिक


काठमाडौंबाट मतदानका लागि गाउँ फर्किंदै नागरिक

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न र आफ्नो गाउँ–ठाउँको प्रतिनिधि छनोट गर्न काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्यामा वृद्धि भएको छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा संघीय राजधानीका प्रमुख नाका र बसपार्कहरूमा गाउँ फर्किनेहरूको लर्को लागेको छ । जसले मुलुकमा चुनावी माहोल उत्कर्षमा पुगेको संकेत गर्दछ । नयाँ बसपार्क (गोंगबु) र कलंकी क्षेत्रमा बिहानैदेखि यात्रुहरूको बाक्लो उपस्थिति देखिएको छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेस प्रदेश जाने यात्रुहरूको संख्या उल्लेख्य रहेको छ ।

निर्वाचनलाई लोकतन्त्रको महापर्वको रूपमा लिँदै मतदाताहरूले आफ्नो व्यस्ततालाई थाँती राखेर गाउँ जाने बाटो रोजेका छन् ।


प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?