काभ्रेपलाञ्चोक। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीका लागि काभ्रेपलाञ्चोक जिल्लाको अस्थायी मतदाता सूची टुंगो लगाएको छ।
कार्यविधि २०८२ अनुसार जिल्लाबाट २ हजार ४८१ जना अस्थायी मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिए। सरकारी कर्मचारी, सुरक्षा निकाय, कैदी–बन्दी, निर्वाचनमा खटिने कर्मचारी तथा आश्रममा रहेका नागरिक अस्थायी मतदातामा समावेश छन्। उनीहरूले तोकिएका अस्थायी मतदान केन्द्रबाट मतदान गर्नेछन्।
जिल्लामा कुल ३ लाख २६ हजार ६११ मतदाता रहेका छन्। दुई प्रतिनिधिसभा क्षेत्रमा ४०० मतदान केन्द्र र १८९ मतदानस्थल तोकिएका छन्। तीमध्ये ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आईतवार