काठमाडौँ । रोहन कार्कीको उत्कृष्ट प्रदर्शनमा चर्च ब्वाइज युनाइटेडले जारी एन्फा राष्ट्रिय लिगमा चौथो जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलवार भएको खेलमा चर्च ब्वाइजले विभागीय टोली त्रिभूवन आर्मी क्लवमाथि २–१० को संघर्षपूर्ण जित आत्मसात ग¥यो । चर्च ब्वाइजको जितमा रोहन र एबाओमी ओलुवासेनले समान एक गोल गरे । १–० ले पछाडि परेको अवस्थामा नवयुग श्रेष्ठले आर्मीलाई बराबरीमा ल्याएका थिए । तर त्यो बराबरी आर्मीले जोगाउन सकेन । जितसँगै ६ खेलमा १३ अंक जोड्दै चर्च ब्वाइज अंकतालिकाको पाँचौं स्थानमा स्थानमा उक्लिएको छ । प्लानिङ ब्वाइजको पनि १३ अंक नै छ । तर गोलअन्तरको आधारमा चर्च ब्वाइज पाँचौं स्थानमा उक्लियो । आर्मीको यो दोस्रो हार हो । समान खेलमा ११ अंक जोड्दै आर्मी सातौं स्थानमा छ ।
पहिलो हाफमा एक गोल भयो । तर दोस्रो हाफमा भने दुई गोल निस्किए । खेलको पहिलो गोलको लागि खेलको ३२औं मिनेटसम्म कुर्नुप¥यो । विदेशी खेलाडी एबाओमीले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन र चर्च ब्वाइज १–० ले अगाडि रह्यो । दोस्रो हाफको खेल भने तनावपूर्ण बन्यो । दुवै टोलीले समान एक गोल गरे । चर्च ब्वाइजका सहायक प्रशिक्षक रमेश दंगाल र खेलाडी जनरन्जन देवकोटाले रातो कार्ड सामना गरे । दोस्रो हाफको सुरुमै नवयुगको बोलबाट आर्मी खेलमा फर्कियो । ४७औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई १–१ को बराबरीमा ल्याएका हुन् । खेलको ५२औं मिनेटमा जनरञ्जनले रातो कार्ड खाएपछि चर्च ब्वाइज दबावमा प¥यो ।
६३औं मिनेटमा प्रशिक्षक दंगालले पनि दोहोरो पहिलोका सामना गरे । त्यसको एक मिनेट नबित्दै रोहनको गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए । त्यसपछि थप गोल हुन सकेन र चर्च वाइजले महत्वपूर्ण तीन अंक प्राप्त ग¥यो । एन्फा कम्प्लेक्समा नै चित्लाङ एफसीले फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरीको नतिजामा खेल्यो । दुवैले खेल अवधिभर धेरै अवसर बुने पनि गोल निकाल्न सकेन । यो नतिजासँगै चित्लाङले सात खेलबाट चार बराबरी सामना ग¥यो । सात अंक जोडेको चित्लाङले एक जित र दुई हार सामना गरेको छ । समान खेलबाट फ्रेण्ड्सले एक जित, दुई बराबरी र चार हारसहित पाँच अंक जोडेको छ ।
प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलवार