Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

भुवन केसी बोर्डको अध्यक्ष भएदेखि फिल्म क्षेत्रमा जताततै लफडा भयो :दीपकराज गिरी


२९ चैत्र, काठमाडाैँ । कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी भएदेखि फिल्म क्षेत्रमा लफडा सुरू भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै उक्त टिप्पणी गरेका हुन् ।

बोर्डले २०७९ सालमा फिल्महरूले गरेको व्यापारको तथ्याङ्क सार्वजनिक गरेको थियो । उक्त तथ्याङ्कमा बोर्डले आफ्नो फिल्मको बक्स अफिस रिपोर्ट गलत सार्वजनिक गरेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् ।

चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा.. ।’ उनले लेखेका छन् ।

बोर्डले सार्वजनिक गरेको रिपोर्ट १६ करोड ९४ लाख ३४ हजार ६ सय ३४ रुपैयाँ कमाएको उल्लेख छ । यो फिल्मले अहिलेसम्म ६ लाख ८ हजार ४०२ टिकेट बिक्री गरेको छ ।


प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?