Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

भुवन केसी बोर्डको अध्यक्ष भएदेखि फिल्म क्षेत्रमा जताततै लफडा भयो :दीपकराज गिरी


२९ चैत्र, काठमाडाैँ । कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी भएदेखि फिल्म क्षेत्रमा लफडा सुरू भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै उक्त टिप्पणी गरेका हुन् ।

बोर्डले २०७९ सालमा फिल्महरूले गरेको व्यापारको तथ्याङ्क सार्वजनिक गरेको थियो । उक्त तथ्याङ्कमा बोर्डले आफ्नो फिल्मको बक्स अफिस रिपोर्ट गलत सार्वजनिक गरेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् ।

चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा.. ।’ उनले लेखेका छन् ।

बोर्डले सार्वजनिक गरेको रिपोर्ट १६ करोड ९४ लाख ३४ हजार ६ सय ३४ रुपैयाँ कमाएको उल्लेख छ । यो फिल्मले अहिलेसम्म ६ लाख ८ हजार ४०२ टिकेट बिक्री गरेको छ ।


प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?