Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूचि


तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूचि

काठमाडौँ। फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूचि बुझाउन थालेका छन् ।

आयोगकाअनुसार आईतवार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूचि पेश गरेका छन् । तीन वटा राजनीतिक दलहरुले १३४ जनाको बन्दसूचि आयोगमा पेश गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । उनकाअनुसार आईतवार र सोमवार बन्दसूचि पेश गर्ने समय तोकिएको छ । आयोगले समानुपातिकको बन्दसूचि पेश गर्ने कामलाई दुई चरणमा गरिरहेको जानकारी दिएका छन् । पहिलो चरणमा सम्बन्धित दलहरुले सिफारिस गरेको उम्मेद्वारको नाम मतदाता नामावलीमा नाम रहे/नरहेको यकिन गरेर निस्सा उपलब्ध गराउने उनले बताए । निस्सा लिएपछि बन्दसूचि पेश गर्नको लागि दर्ता गरिने उनको भनाई छ । उनले सेवा प्रवाहको लागि आवश्यक स्रोत साधन सबै प्रवन्ध मिलाइएको पनि जानकारी दिएका छन् । निर्वाचन आयोगको व्यस्त कार्यतालिका भएकोले समय थप हुन नसक्ने पनि बताउदै उंले सोमवार ६ बजेसम्म आउने दलहरुलाई सेवा दिने बताएका छन् ।

उनले भने, ‘निर्वाचन आयोगको समानुपातिक तर्फको पूर्वनिर्धारित कार्यक्रमअनुसार पौष १३ र १४ गते दुई दिन बन्दसूचि पेश गर्ने समय तोकिएकोमा आज यतिबेलासम्म ३ वटा राजनीतिक दलहरुबाट जम्मा १३४ जनाको बन्दसूचि यहाँ भेरिफाइड भइसकेको छ । निस्सा लिएर बन्दसूचि पेश गर्ने चरणमा उहाँहरु हुनुहुन्छ । आज र भोलि समय तोकिएको हुनाले भोलिसम्म सबै आइसक्ने अनुमानसहित हामी सेवा प्रवाहको लागि तयारी अवस्थामा रहेका छौँ ।’

प्रवक्ता भट्टराईले विभिन्न समूहहरुको प्रतिनिधित्व गराउने कानूनी व्यवस्थाअनुसार दलहरुले मिलाएर नामावली पठाउने पनि विश्वास व्यक्त गरेका छन् । आयोगले त्यसको लागि राजनितिक दलहरुलाई अभिमुखिकरण पनि गरेको उनले बताए । उनले संसोधन गर्नुपर्नेमा पुस २१ देखि २७ गतेसम समय दिनेगरी निर्वाचन कार्यतालिका प्रकाशन गरिसकेको पनि जानकारी दिंदै उनले पुस १५ देखि २० गतेसम्म नामावलीको भेरिफाई गरेर कानूनअनुसार मिले/नमिलेको हेरेर मिलाउनुपर्ने भएमा २० गते सूचना दिने बताएका छन् ।


प्रकाशित मिति: १३ पुष २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?