Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूचि


तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूचि

काठमाडौँ। फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूचि बुझाउन थालेका छन् ।

आयोगकाअनुसार आईतवार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूचि पेश गरेका छन् । तीन वटा राजनीतिक दलहरुले १३४ जनाको बन्दसूचि आयोगमा पेश गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । उनकाअनुसार आईतवार र सोमवार बन्दसूचि पेश गर्ने समय तोकिएको छ । आयोगले समानुपातिकको बन्दसूचि पेश गर्ने कामलाई दुई चरणमा गरिरहेको जानकारी दिएका छन् । पहिलो चरणमा सम्बन्धित दलहरुले सिफारिस गरेको उम्मेद्वारको नाम मतदाता नामावलीमा नाम रहे/नरहेको यकिन गरेर निस्सा उपलब्ध गराउने उनले बताए । निस्सा लिएपछि बन्दसूचि पेश गर्नको लागि दर्ता गरिने उनको भनाई छ । उनले सेवा प्रवाहको लागि आवश्यक स्रोत साधन सबै प्रवन्ध मिलाइएको पनि जानकारी दिएका छन् । निर्वाचन आयोगको व्यस्त कार्यतालिका भएकोले समय थप हुन नसक्ने पनि बताउदै उंले सोमवार ६ बजेसम्म आउने दलहरुलाई सेवा दिने बताएका छन् ।

उनले भने, ‘निर्वाचन आयोगको समानुपातिक तर्फको पूर्वनिर्धारित कार्यक्रमअनुसार पौष १३ र १४ गते दुई दिन बन्दसूचि पेश गर्ने समय तोकिएकोमा आज यतिबेलासम्म ३ वटा राजनीतिक दलहरुबाट जम्मा १३४ जनाको बन्दसूचि यहाँ भेरिफाइड भइसकेको छ । निस्सा लिएर बन्दसूचि पेश गर्ने चरणमा उहाँहरु हुनुहुन्छ । आज र भोलि समय तोकिएको हुनाले भोलिसम्म सबै आइसक्ने अनुमानसहित हामी सेवा प्रवाहको लागि तयारी अवस्थामा रहेका छौँ ।’

प्रवक्ता भट्टराईले विभिन्न समूहहरुको प्रतिनिधित्व गराउने कानूनी व्यवस्थाअनुसार दलहरुले मिलाएर नामावली पठाउने पनि विश्वास व्यक्त गरेका छन् । आयोगले त्यसको लागि राजनितिक दलहरुलाई अभिमुखिकरण पनि गरेको उनले बताए । उनले संसोधन गर्नुपर्नेमा पुस २१ देखि २७ गतेसम समय दिनेगरी निर्वाचन कार्यतालिका प्रकाशन गरिसकेको पनि जानकारी दिंदै उनले पुस १५ देखि २० गतेसम्म नामावलीको भेरिफाई गरेर कानूनअनुसार मिले/नमिलेको हेरेर मिलाउनुपर्ने भएमा २० गते सूचना दिने बताएका छन् ।


प्रकाशित मिति: १३ पुष २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?