काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि महोत्तरी–४ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
क्षेत्रीय भेलाले प्रत्यक्षतर्फ प्रचण्डलाई पहिलो प्राथमिकतामा राख्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहको नाम दोस्रो नम्बरमा अघि सारेको छ।
त्यस्तै समानुपातिकतर्फ अरविन्द दाससहित पाँच जनाको नाम सिफारिस गरिएको छ भने राष्ट्रिय सभातर्फ राजेन्द्रप्रसाद साहसहित चार जनाको नाम प्रस्ताव गरिएको क्षेत्रीय समितिले जनाएको छ।
प्रकाशित मिति: ८ पुष २०८२, मंगलवार