काठमाडौँ। नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले सरकारले नै नेकपा एमालेलाई निर्वाचनमा सहभागी गराउन नचाहेको आरोप लगाएका छन् ।
एमाले मुख्यालय च्यासलमा मंगलवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले कहिल्यै निर्वाचनको विपक्षमा नरहे पनि तर सरकार नै एमालेलाई निर्वाचनबाट वञ्चित गराउन लागेको दाबी गरेका छन् । एमालेको अध्यक्षमाथी स्थानहद तोकेर एमाले निर्वाचनमा भाग लिन नसक्ने उनले बताएका छन् । उनकाअनुसार सरकारले निर्वाचन चाहेको भए एमाले अध्यक्ष केपी ओलीलाई स्थानहद तोक्ने थिएन । सरकारले स्थान हद हटाएर निर्वाचनको वातावरण बनाउन पनि उनले आग्रह गरेका छन्। उनले चुनावी वातावरण बनाउने काम एमालेको नभई सरकारको भएको बताएका छन् । वर्तमान सरकारले निर्वाचन गर्नै नचाहेको र निवार्चन गर्न पनि नसक्ने उनको दाबी छ । हालसम्म बनेका अन्तरिम सरकार सफल भएपनि वर्तमान सरकार असफलताको बाटोमा हिँडेको बताउदै उनले अन्तरिम सरकारका मन्त्रीहरु नै दल खोलेर राजनितिक गतिविधि गरिरहको जिकिर गरेका छन् । उनले मन्त्रीमण्डलमा रहेका सदस्यहरुलाई राजनितिक गतिविधिमा रोक लगाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले भने, ‘हामी निर्वाचनको विरुद्धमा कहिले पनि थिएनौँ, न थियौँ, न छौँ । तर कुरा के भने नेकपा एमाले पार्टी निर्वाचनमा नआओस् भनेर यो चाहना त सरकारकै हो । यदी यो चाहना नभएको भए, साँच्चिकै नेकपा एमाले चुनावमा आओस् भन्ने सोच सरकारको भएको भए त नेकपा एमालेको अध्यक्षमाथी जुन प्रकारले एउटा स्थानहद तोकेको छ, त्यो स्थानहद त तोक्ने थिएन । पार्टी अध्यक्षलाई स्थानहद तोकेर नेकपा एमाले चुनावमा जानसक्छ र ? पहिले नेपाल सरकारले स्थानहदको बारेमा आफ्नो कमी कमजोरी स्वीकार गर्नुप¥यो । स्थानहद हटाउनुप¥यो । नेपालमा अहिलेसम्म जतिपनि अन्तरिम सरकार बन्यो, सबै सरकार सफल भएर गएको छ तर यो सरकारमाथी प्रश्न किन उठ्दैछ ? अहिलेको सरकारको गतिविधि चुनावमैत्री छैन । सरकारमा बस्ने अनि म निर्वाचनमा भाग लिन्छु, पार्टी बनाउँछ, सरकारमा बस्ने मन्त्रीमण्डलका साथीहरुले पहिला जुन राजनितिक क्रियाकलापहरु गरिरहनुभएको छ, सरकारले त त्यो बन्द गर्नु¥यो नी पहिला । मन्त्रीमण्डलमा बस्ने अनि आफ्नो पार्टी बनाउने सरकार विभिन्न संयन्त्रहरुलाई मिसयुज गर्ने ? त्यो हुनसक्छ ? त्यो कुरामा पनि सरकार सचेत होस् ।’
छानविन आयोगको गतिविधिले निर्वाचन गर्ने वातावरण नै बिगारेको उनको भनाई छ ।
प्रकाशित मिति: ८ पुष २०८२, मंगलवार