Trending
>>   धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो >>   पेट्रोल पम्पमा उपभोक्ताको भीड >>   दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ? >>   ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ >>   सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ >>   काठमाडौंबाट मतदानका लागि गाउँ फर्किंदै नागरिक >>   पाकिस्तानमा अमेरिका–विरोधी प्रदर्शनमा २० को मृत्यु, १०० भन्दा बढी घाइते >>   मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली >>   होलीः सडकमा पोखिएको इन्द्रेणी >>   ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर
Logo
१९ फाल्गुन २०८२, मंगलवार
१९ फाल्गुन २०८२, मंगलवार

एपिएफ फाइनलनजिक


काठमाडौँ। एपिएफले दोस्रो जित निकाल्दै जारी साफ महिला क्लव च्याम्पियनसिपको फाइनलनजिक पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको आफ्नो तेस्रो खेलमा एपिएफले आईतवार कराँची एफसीमाथि १–० को जित निकाल्दै फाइनलनजिक पुगेको हो । साफ राष्ट्रका पाँच क्लब सम्मिलित च्याम्पियनसिपमा लिगको शीर्ष दुई स्थानमा रहने टोली फाइनल खेल्ने प्रावधान छ । अब एपिएफसँगै भारतको इस्ट बंगाल र बंगलादेशको नासरिन एफसी तीनै टोलीको मात्र फाइनल पुग्ने सम्भावना छ । तीन खेलबाट एपिएफको सात अंक, इस्ट बंगालको दुई खेलबाट ६ अंक र नासरिनको दुई खेलबाट एक अंक छ । आजको दिनको अन्तिम खेलमा इस्ट बंगाल र नासरिन भिड्नेछन् । यो खेलमा बराबरीको नतिजा आएमा एपिएफ र इस्ट बंगाल शीर्ष दुईमा रहँदै फाइनलमा पुग्नेछ ।

इस्ट बंगालले नै जित निकाल्दा पनि शीर्ष दुईमा पुग्ने दुई पक्का हुनेछ । नासरिनको जित भएमा भने अर्को इस्ट बंगाल र नासरिनको अर्को खेलको नतिजा कुर्नुपर्नेछ । तेस्रो खेलबाट एपिएफले दुई जित र एक बराबरी निकाल्यो । यससँगै एपिएफ सात अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । एपिएफको जितमा रश्मिकुमारी घिसिङको गोल नै निर्णायक बन्यो । लगातार चौथो हारसँगै कराची जितविहीन रहँदै बाहिरियो । चार खेलबाट कराचीले समान दुई बराबरी र हार बेहो¥यो । एपिएफले धेरै अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा साँघुरो जित निकाल्यो । ३०औं मिनेटमा कराचीले पहिलो अवसर बुन्यो । पेनाल्टी बक्स बाहिरबाट लाउरेन्स बेरीको प्रहार माथिल्लो बारबाट बाहिरियो ।

त्यसको चार मिनेटमा सरु लिम्बूले करिव २२ यार्ड टाढाबाट गरेको प्रयास पोस्टको दिशामा रहन सकेन । ४४औं मिनेटमा एपिएफको डिफेन्स गल्तीमा कराचीले गोल गर्ने अवसर पायो । पेनाल्टी बक्सभित्र हीरा भुजेलको मिस पासमा मोहमौद जेब्राहले नियन्त्रणमा लिइन् । उनले नजिकबाटै गरेको सट एपिएफकी गोलकिपर अञ्जना रानामगरले बचाइन् । पहिलो हाफको थप समयमा एपिएफले लामो दूरीबाट गरेको सट कराचीकी गोलकिपर जियाना जिभराजले रोकिन् । रेनुका नगरकोटीले २२ यार्डबाट गरेको प्रहार सफल भएन । यससँगै पहिलो हाफ गोलरहित बराबरीमा नै सकियो । दोस्रो हाफमा एपिएफले सुरुआती अग्रता लियो ।

५२औं मिनेटमा रश्मिको हेडर गोलबाट एपिएफले अग्रता लिएको हो । लेफ्ट साइटबाट रेनुकाले दिएको क्रस सदुपयोग गर्दै रश्मिले गोल गरिन् । ५८औं मिनेटमा कराचीले उत्कृष्ट अवसर बुन्यो । एपिएफकी गोलकिपर अञ्जनाअगाडि बढेको अवस्थामा कराचीकी सुहा हिरानीले दोस्रो बार च्याप्दै सट प्रहार गरिन् । तर, अञ्जनाले त्यो प्रहार असफल बनाइन् । ६५औं मिनेटमा रश्मिकुमारीले गोल गर्ने उत्कृष्ट अवसर गुमाइन् । सरुको उत्कृष्ट थ्रु बललाई नियन्त्रणमा लिए पनि रश्मिकुमारीले फितलो प्रहार गरिन् । पेनाल्टी बक्स भित्रबाट उनले वान भर्सेस वानको स्थितिमा बाहिर प्रहार गरेकी हुन् ।

६९औं मिनेटमा एपिएफको अग्रता दोब्बर बनाउने प्रयास कराचीकी गोलकिपर जियानीले असफल बनाइन् । करिब आठ यार्डबाट रश्मिको सट जियानीले उत्कृष्ट बचाउ गरिन् । एपिएफले ७०औं मिनेटमा उत्कृष्ट गोल अवसर बुन्यो । निशा थोकरले लामो दूरीबाट गरेको प्रहार जियानीले मुस्किलले पन्च गर्दै बाहिर पठाइन् । त्यसपछि पनि गोल हुन सकेन र एपिएफले दोस्रो जित निकाल्यो । एपिएफले पहिलो खेलमा नासरिनलाई हराउँदै भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीको नतिजा सामना गरेको थियो ।


प्रकाशित मिति: २८ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?