Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

मन्त्रिपरिषद्को बैठकमा बालेनको आलोचना


२८ चैत्र, काठमाडाैँ । मन्त्रिपरिषद्को बैठकमा काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनको आलोचना भएको छ । पछिल्लो समय बालेनले गरेको कार्यप्रति मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा आलोचना भएको हो ।

सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले फोहोर व्यवस्थापन स्थानीय सरकारले नै गर्ने नीति रहेको भन्दै बालेन उक्त जिम्मेवारिबाट भाग्न नमिल्ने बताइन् ।

बैठक सकिएपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री शर्माले भनिन्, ‘फोहोर व्यवस्थापन नीतिगतरूपमा स्थानीय सरकारले गर्ने हो। सिंहदरवारको फोहोर नउठाउने काठमाडौंका मेयरको निर्णयलाई गम्भीरतापूर्वक लिएका छौं। उहाँ अराजकतातिर जानुभएको छ। मन्त्रिपरिषद् बैठकमा यसबारे गम्भीर छलफल भएको छ। कि त नीति परिमार्जन हुनुपर्‍यो। नत्र भने त फोहोर व्यवस्थापनको जिम्मा स्थानीय सरकारकै हो।’

मेयर बालेनले संघीय सरकारले समन्वय नगरेको भन्दै शनिबारबाट सिंहदरबारको फोहोर नउठाउने बताएका थिए । सोही दिनदेखि सिंहदरबार, राष्ट्रपति कार्यालय र मन्त्री क्वार्टरहरूको फोहोर  उठ्न सकेको छैन ।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?