Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन कमिटिले लियो सांसद श्रेष्ठसँग बयान


२८ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन कमिटिले पार्टीबाट निलम्बित सांसद ढाका कुमार श्रेष्ठसँग बयान लिएको छ । सोमबार  श्रेष्ठले स्पष्टीकरण बुझाएसँगै मंगलबार उनको बयान लिइएको हो ।

बयानका क्रममा श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रूपैयाँ मागेको अडियो आफ्नो नभएको दाबी गरेका छन् । आइतबार उनले व्यवसायी प्रसाईसँग मन्त्री बन्न भन्दै २ करोड मागेको अडियो सार्वजनिक भएको थियो ।

उक्त अडियो सार्वजनिक भएसँगै श्रेष्ठ पार्टीबाट निलम्बनमा परेका थिए ।

उनको बयान र स्पष्टीकरणका अनुसार रिपोर्ट तयार पारेर बुझाएपछि केन्द्रीय कमिटीले थप निर्णय गर्ने बताइएको छ ।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?