Trending
>>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक >>   आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक


काठमाडौँ। सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले आफ्नो तीन वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गरेका छन् ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले आफ्नो तीन वर्षे कार्यकालमा भएको प्रगति विवरण सार्वजनिक गरेका हुन् । अर्यालको तीन वर्षे कार्यकालमा सशस्त्रको प्रत्येक युनिटहरुमा नेपाल एपिएफ अस्पतालबाट चिकित्सक खटाई सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई ६/६ महिनामा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था शुरुवात गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता मनिष थापाले कल्याणकारी सेवा केन्द्रबाट १० लाख रुपैयाँसम्मको सीमा आवास कर्जाको व्यवस्था गरिएको उल्लेख गर्दै हालसम्म ७६ जना सशस्त्र प्रहरी कर्मचारीहरु लाभान्वित भएको जानकारी गराएका छन् । उनकाअनुसार सबै सबै ईकाइको आदर्श वाक्य निर्माण गरिएको छ । उहाँले विष्फोटक पदार्थको भण्डाण सम्बन्धमा अध्ययन गरी ३ स्थानमा बंकर निर्माण गरिएको जानकारी दिएका छन् । उनकाअनुसार रेलवे, टनेल तथा बोटहरुको सुरक्षार्थ कस्तो तयारी गर्ने भन्ने सम्बन्धमा अध्ययन गरिएको तथा युनिट कमाण्डहरुलाई एक्शन प्लान बनाएर कार्यान्वयनमा ल्याउने व्यवस्था समेत शुरुवात गरिएको बताए । विपद् व्यवस्थापन, आकस्मिक उद्धार क्षमता, सडक सुरक्षा तथा स्वास्थ्य सेवा सुदृढीकरणका लागि ठोस कदम अघि बढाएको समेत थापाले बताए । उनले राष्ट्रिय सडक सुरक्षा परिषद्सँग समन्वय गरी पोस्ट–क्र्यास रेस्पोन्स एण्ड केयर सेवा शुरु गर्न एमओयू भएको तथा दुर्घटना पश्चात तुरुन्त उपचारका लागि सम्बन्धित निकायका कर्मचारीलाई मेडिकल फस्र्ट रेस्पोन्स तालिम दिइएको पनि बताएका छन् । प्रगति विवरणमा प्राकृतिक विपद् तथा सवारी दुर्घटनामा परेका घटनाहरुको उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा ३७ वटा स्थानीय तहमा विपद् स्वयंसेवक तालिम सञ्चालन भई समुदायस्तरमा विपद्को समयमा परिचालन हुनसक्ने दक्ष जनशक्तिको रुपमा ९ सय ९० जना विपद् स्ययंसेवक तयार गरिएको पनि बताएका छन् ।

सीमा सुरक्षा, निर्माण कार्य र स्वास्थ्य शिविर जस्ता महत्वपूर्ण कार्यहरु अर्यालको तीन वर्षे कार्यकालमा सम्पन्न गरिएको उनको भनाइ छ ।

यस्तो छ सशस्त्र प्ररहरीको निर्वाचनलक्षित सुरक्षा रणनीति 
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सशस्त्र प्रहरीले आफ्नो सुरक्षा रणनीति समेत सार्वजनि गरेको छ । निर्वाचनलाई सुरक्षित, व्यवस्थित र अवाञ्छित गतिविधिबाट मुक्त राख्न सशस्त्र प्रहरी बल नेपालले जोखिम मूल्यांकन, द्रुत प्रतिक्रिया टोली सञ्चालन, सीमा निगरानी, सञ्चार समन्वय र आवश्यक संसाधन परिचालन गर्ने योजना बनाएको छ । निर्वाचनको समयमा संवेदनशील क्षेत्र, असामान्य गतिविधि र सम्भावित जोखिम पहिचानका लागि विशेष टोली परिचालन गरिने प्रवक्ता थापाले जानकारी दिएका छन् । उनले अवैध आवतजावत, तस्करी वा अपराध वृद्धि हुन नदिन सीमा क्षेत्रमा विशेष गस्ती, चेकपोस्ट चौकसी, गस्ती निगरानी बढाइने समेत बताए । उनले सीमा क्षेत्रबाट निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने सम्भावना भएकाले उच्च शतर्कता अपनाइने समेत जानकारी दिएका छन् । उनले निर्वाचनलाई भयरहित बनाउन जिल्ला सुरक्षा परिषद्हरुसँग आवश्यक समन्वय गरिने समेत जानकारी दिएका छन् ।


प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?