Trending
>>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो


काठमाडौँ। नेपाली सेनामा ३ सय ८८ जनाको लागि रोजगारी खुलेको छ । नेपाली सेनाले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै रोजगारी खुलेको बताएको हो ।

सेनामा रिक्त रहेका प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरू खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरिएको छ । खुल्लातर्फ २ सय ५, महिला ३१, आदिवासी जनजाती ५३, मधेसी ४४, दलित २८ र पिछडिएको क्षेत्रका ७ जना माग गरिएको छ । मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म र दोब्बर दस्तुर बुझाई मिति पुस २७ गतेदेखि माघ ३ गतेसम्म आवेदन दिनुपर्ने सेनाले जनाएको छ । प्रा.सुको ४ हजार, प्रा.जम. र लेखाको ३ हजार, पण्डित सुद्धा बै ट्रेडका प्रा.अम. र अमल्दार कर्मचारीको २ हार दशतुर शुल्क रहेको छ ।

रिक्त रहेका पदमा आवेदन दिन मंसिर २६ गतेसम्म १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको (जन्म मिति २०५७/०९/२६ गते देखि मिति २०६४/०९/२६ गतेसम्म) हुनुपर्ने पर्ने सेनाले जनाएको छ ।


प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?