Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको बताएकी छिन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गौतमले जेन–जी आन्दोलनले मुलुकलाई सुन्दर, भ्रष्टाचारमुक्त र शासन व्यवस्थालाई सुदृढ बनाउने लक्ष्य लिएको उल्लेख गर्दै त्यसको सम्मानका साथ आफूहरुले एकचित्त भएर काम गरिरहेको बताएकी छिन् । सरकारले जेन–जी आन्दोलनको मर्मलाई लक्ष्य बनाएर काम गरिरहेको मन्त्री गौतमको भनाई थियो । उनले सरकारले मानसिक स्वास्थ्यमा देखिएका समस्या समाधान हुनेगरी आवश्यक बजेटको समेत व्यवस्था गर्न लागेको समेत बताएकी छिन्।

मन्त्री गौतमले भनिन्,‘युवाहरु जो प्रतिनिधित्व गर्नुभएको छ । अहिलेको परिवर्तन, म मन्त्री हुन पाएको तपाईहरुकै सेवा गर्नका लागि हो । तपाईहरुकै आन्दोलनको नेपाललाई सुन्दर बनाऔँ भन्ने एउटा अठोट, भ्रष्टाचारमुक्त नेपाल बनाऔं भन्ने अठोट र हाम्रा संस्थाहरु, प्रणालीहरु सुदृढ हुन भन्ने यहाँहरुको विचार, त्यो विचारको सम्मान गर्दै हामी काम गरिराखेका छौँ । र मलाई लाग्छ–हामी आफ्नो लक्ष्यमा जसरी हामी अर्जुन दृष्टि भन्छौँ नि त्यो लक्ष्यलाई हेरेर कसरी राम्रो गर्ने भनेर एकचित्त भएर लागेका छाँै । हामीलाई लागेको छ । हामी सफल हुनेछौँ ।’

मन्त्री गौतमले मानसिक स्वास्थ्यका लागि सबै ठाउँमा आवश्यक औषधि उपचारको व्यवस्था मिलाउने कामलाई पनि आफूले प्राथमिकताका साथ अघि बढाएको बताएकी छिन् ।


प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?