Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

पछिल्ला दिनहरुमा उच्च बनेको डलरको भाउमा सामान्य गिरावट


काठमाडौँ। पछिल्ला दिनहरुमा उच्च बनेको डलरको भाउमा आज भने सामान्य गिरावट गरिवट देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज (शुक्रवार) का निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । जुन अघिल्लो दिनको तुलनामा घटेको हो । यसअघि बिहीवार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम थियो । डलरको भाउ उच्च हँदा नेपाली रुपैयाँ कमजोर हुन्छ । नेपाली रुपैयाँको तुलनामा डलर महँगो हुँदा अमेरिकी डलर तिरेर गरिने वस्तु तथा सेवा आयात र विदेशी ऋणको ब्याज भुक्तानीमा बढी रकम खर्च गर्नुपर्ने हुन्छ । यस्तै डलरको मूल्य बढी हुँदा विप्रेषण आप्रवाह, वस्तु तथा सेवा निर्यात र पर्यटकबाट हुने आम्दानी स्वदेशी मुद्रामा बढी देखिन्छ । भारतीय सामानमा अमेरिकाले लगाएको ५० प्रतिशत भन्सार महशुलका कारण निर्यात व्यापार प्रभावित हुँदा भारू कमजोर भएको विश्लेषण अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले गरेका छन् ।

अरु विनियमदरको भाउ कस्तो छ ?
राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार आज युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७३ पैसा र विक्रीदर १६८ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९२ रुपैयाँ ६९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८० रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०३ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९५ पैसा र बिक्रीदर १११ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३२ पैसा र बिक्रीदर २० रुपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४९ पैसा र बिक्रीदर चार रुपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र विक्रीदर १८ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ ४२ पैसा र विक्रीदर ४७० रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ १६ पैसा र विक्रीदर ३७४ रुपैयाँ ७२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।


प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?