Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

चालु आ.व.मा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु, मुख्य कारण चालकको लापरवाही


काठमाडौँ। चालु आ.व.मा हालसम्म २ हजार ८८ वटा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु भएको छ ।

शुक्रवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्युनिकरण सचेतना स्वयंसेवक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । आर्थिक वर्ष ०७९–०८० मा १० हजार ६ सय ७५, आ.व.०८०–०८१ मा ८ हजार ८ सय ८१ र आ.व. ०८१–०८२ मा ७ हजार १ सय ६९ दुर्घटना भएको प्रहरीले जनाएको छ । कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सडक दुर्घटनाको संख्या वर्षेनी घट्दै गएपनि मृत्युदर बढिरहेको बताएका छन् । सडक दुर्घटनाका कारण मृत्युदर ७.३४ प्रतिशत बढेको जानकारी दिनुभयो । सबैभन्दा धेरै दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको उनले बताएका छन् । तिब्र गति, लापरवाही, मादक पदार्थ सेवन गर्ने, नियमको पालना नगर्ने, क्षमता भन्दा बढी यात्रुहरु राख्ने, आफ्नो गाडीको नियमित रुपमा मर्मतसम्भार नगर्ने कारणले पनि धेरै दुर्घटना भएका छन् । महिनामा माघ र फागुन र बारमा शुक्रवार र बुधवार बढी दुर्घटना हुने गरेको प्रहरीको तथ्यांक छ । बढी दुर्घटना हुनेमा दुई पाङ्ग्रे सवारीसाधन रहेको बताए ।

उनले भने, ‘आर्थिक वर्ष ०७९–०८० मा १० हजार ६ सय ७५ दुर्घटना भएको छ । आ.व.०८०–०८१ मा ८ हजार ८ सय ८१ र आ.व. ०८१–०८२ मा ७ हजार १ सय ६९ दुर्घटना भएको छ तर दुर्घटनाको संख्या घट्दो क्रममा छ । मृत्युदर ७.३४ प्रतिशत बढ्नु भनेको दुःखको कुरा हो । यसमा हामी सजग हुनुपर्छ । संवेदनशील हुनुपर्छ । यस आर्थिक वर्षको दुर्घटनाको विवरण हेर्दा पनि २ हजार ८८ वटा दुर्घटना भएको छ । जसमा ६९ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको छ । तिब्र गति, लापरवाही, मादक पदार्थ सेवन गर्ने, नियमको पालना नगर्ने, क्षमता भन्दा बढी यात्रुहरु राख्ने, आफ्नो गाडीको नियमित रुपमा मर्मतसम्भार नगर्ने, त्यस्तै जथाभावी तरिकाले प्रयोग गर्ने देखिएको छ । यान्त्रिक गढबढीका कारण पनि दुर्घटना भएको छ । पुराना सवारी साधन व्यवस्थापन गर्न नसक्दा पनि दुर्घटना भएको छ । शुक्रवार र बुधवार बढी दुर्घटना भएको छ । माघ र फागुनमा बढी दुर्घटना भएको छ । दुर्घटना दुई पाङ्ग्रे सवारीसाधन बढी छन् ।’

उनले रात्रीकालीन समयमा दुर्घटना बढेकाले काठमाडौं उपत्यकासमित विभिन्न स्थानमा तिब्र गति न्युनिकरणमा लागेको बताएका छन् । जेन–जी आन्दोलनका कारण प्रहरी कार्यालयहरु जलेर नष्ट हुँदा समस्या व्यहोरिरहनुपरेको पनि बताएका छन् ।


प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?