Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सुडानको सार्वभौम परिषद्द्वारा संयुक्त राष्ट्र संघसँग सहकार्य गर्न जोड


एजेन्सी। सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुरहानले देशको मानवीय, विकासात्मक र सामाजिक प्रयासहरूको समर्थनमा संयुक्त राष्ट्र संघसँग सहकार्य गर्न सरकारको तत्परतामा जोड दिएका छन् ।

सुडानी सशस्त्र सेनाका कमाण्डर अल–बुरहानले पोर्ट सुडानमा सुडानका लागि संयुक्त राष्ट्र संघका महासचिवका व्यक्तिगत दूत रामताने लामाम्रासँग भेट गरेको समयमा यी टिप्पणीहरू गरिएको सार्वभौम परिषद्को मिडिया कार्यालयले एक विज्ञप्तिमा भनेको छ । विज्ञप्ति अनुसार अल–बुरहानले सुडानी जनताको आकांक्षा पूरा गर्ने र राष्ट्रिय तथा क्षेत्रीय दुवै स्तरमा सुरक्षा र स्थिरता बढाउने तरिकाले देशभर व्यापक र दिगो शान्ति प्राप्त गर्ने सरकारको तत्परता पुष्टि गरेका छन् ।

अध्यक्षले सुडानमा संयुक्त राष्ट्र संघको समर्थनको महत्वमा जोड दिँदै शान्ति प्रवद्र्धन र मानवीय अवस्था सुधार गर्न संयुक्त राष्ट्र संघसँग निरन्तर सहयोग गर्ने सुडानको प्रतिवद्धतालाई पनि नविकरण गरेका छन् । आफ्नो तर्फबाट लामाम्राले सुडानको राजनीतिक, सुरक्षा र मानवीय अवस्थाको बारेमा जानकारी लिन संयुक्त राष्ट्र संघका महासचिवको निर्देशनमा आफ्नो भ्रमण भएको बताएका छन् ।

अप्रिल २०२३ देखि सुडानी सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स बीचको द्वन्द्वले हजारौंको मृत्यु भएको छ । जसको कारण देश भित्र र बाहिर लाखौंलाई विस्थापित गरेको छ ।


प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?