Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

सुडानको सार्वभौम परिषद्द्वारा संयुक्त राष्ट्र संघसँग सहकार्य गर्न जोड


एजेन्सी। सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुरहानले देशको मानवीय, विकासात्मक र सामाजिक प्रयासहरूको समर्थनमा संयुक्त राष्ट्र संघसँग सहकार्य गर्न सरकारको तत्परतामा जोड दिएका छन् ।

सुडानी सशस्त्र सेनाका कमाण्डर अल–बुरहानले पोर्ट सुडानमा सुडानका लागि संयुक्त राष्ट्र संघका महासचिवका व्यक्तिगत दूत रामताने लामाम्रासँग भेट गरेको समयमा यी टिप्पणीहरू गरिएको सार्वभौम परिषद्को मिडिया कार्यालयले एक विज्ञप्तिमा भनेको छ । विज्ञप्ति अनुसार अल–बुरहानले सुडानी जनताको आकांक्षा पूरा गर्ने र राष्ट्रिय तथा क्षेत्रीय दुवै स्तरमा सुरक्षा र स्थिरता बढाउने तरिकाले देशभर व्यापक र दिगो शान्ति प्राप्त गर्ने सरकारको तत्परता पुष्टि गरेका छन् ।

अध्यक्षले सुडानमा संयुक्त राष्ट्र संघको समर्थनको महत्वमा जोड दिँदै शान्ति प्रवद्र्धन र मानवीय अवस्था सुधार गर्न संयुक्त राष्ट्र संघसँग निरन्तर सहयोग गर्ने सुडानको प्रतिवद्धतालाई पनि नविकरण गरेका छन् । आफ्नो तर्फबाट लामाम्राले सुडानको राजनीतिक, सुरक्षा र मानवीय अवस्थाको बारेमा जानकारी लिन संयुक्त राष्ट्र संघका महासचिवको निर्देशनमा आफ्नो भ्रमण भएको बताएका छन् ।

अप्रिल २०२३ देखि सुडानी सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स बीचको द्वन्द्वले हजारौंको मृत्यु भएको छ । जसको कारण देश भित्र र बाहिर लाखौंलाई विस्थापित गरेको छ ।


प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?