Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

देश निर्वाचनमय बनेको छ, तोकिएकै समयमा निर्वाचन हुन्छः मन्त्री घिसिङ


काठमाडौँ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले देश निर्वाचनमय बनेको बताएका छन् ।

राष्ट्रिय युवा परिषदले बुधवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सबै शक्तिले निर्वाचनमा भाग लिने भनेर आएकाले तोकिएकै समयमा निर्वाचन हुने बताएका छन् । उनले तोकिएकै समयमा निर्वाचन गर्नुपर्नेमा समेत जोड दिंदै निर्वाचनमा वुद्धि विवेक पुर्याएर नेतृत्व छान्न समेत आग्रह गरेका छन् । निर्वाचनको समयमा वुद्धि विवेक नपुर्याउने र पछि केही भएन भन्ने प्रवृत्ति त्याग्नुपर्ने उनको भनाई छ ।

उनले भने, ‘अहिले देश निर्वाचनमय बनेको छ । सबैजनाले इलेक्शनमा भाग लिन्छु भनेर आएको छ, यो सबभन्दा खुशीको विषय हो । अब इलेक्शन हुनुपर्छ । कुनैपनि हालतमा नेपालमा तोकिएको समयमा इलेक्शन हुन्छ, हुनुपर्छ । यो समय अब सबैले आफ्नो बुद्धि विवेक लगाउने समय हो । जुन बेला बुद्धि विवेक लगाउने समय आउँछ, त्यसबाट हामी पछाडी हट्ने र त्यो समय अवसर गुमेपछि अनि बोल्दै हिड्ने यो पनि भएन यो गरेन भन्ने होईन । अब विवेक लगाउनुस् । सही लिडरसिप सेलेक्सन तपाईहरुले गर्नुस् । त्यो सबैभन्दा महत्वपूर्ण समय अहिले आएको छ । त्यो समयलाई सदुपयोग गर्नुस्, सहि व्यक्तित्व, नयाँ लिडरसीप, योङ लिडरसीपहरु जसले देशलाई परिवर्तन गर्नसक्छ, देशलाई एउटा नयाँ दिशा दिनसक्छ, त्यस्ता व्यक्तित्वहरुलाई छान्ने,चुन्ने काम तपाईंहरुले गर्नुहोला ।’

उनले यसअघिको नेतृत्वले राजनीतिक परिवर्तन नेतृत्व गर्न सफल भएपनि विकासको नेतृत्व गर्न भने असफल भएको बताउदै अब देश विकास गर्ने नेतृत्वको आवश्यक रहेको उल्लेख गरेका छन्


प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?