Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

आशा गरिएका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा हार्यौं : प्रशिक्षक बस्न्यात


काठमाडौँ। कर्णाली याक्सका प्रमुख प्रशिक्षक राजु बस्न्यातले आशा गरिएका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा हार व्यहोरेको बताएका छन् ।

सुदूरपश्चिम रोयल्ससककंग नतिजा सुम्पिदै दोस्रो हार बेहोरेपछि कर्णालीका प्रशिक्षक बस्न्यातले मिडल अर्डरमा राम्रा ब्याटर रहेकाले पूरै २० ओभर खेल्दा लक्ष्य सहजै भेट्याउनु खालको रहेको बताए । तर, उनीहरूले आफ्नो क्षमता अनूरुप खेल्न नसक्दा राम्रो हार व्यहोर्नुपरेको उनको भनाई छ । उनले ब्याटिङ गर्न असहज हुने खालको नरहेको स्पष्ट पारे । सुदूरपश्चिमले अन्तिम ५ ओभर खेल्दा नै ब्याटिङका लागि पिचले मद्दत गरेको उनले उल्लेख गरे ।

प्रशिक्षक बस्न्यातले अझै चार खेल बाँकी रहेको र त्यसमा राम्रो गर्दै प्लेअफमा पुग्न मिहेनत गर्ने आशा व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?