Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

बेदुइन दम्पतीमाथि आक्रमणः मध्य सिरियामा कर्फ्यू


एजेन्सी। मध्य सिरियाको होम्स प्रान्तमा सुन्नी बेदुइन दम्पतीमाथि भएको घातक आक्रमणले आईतवार व्यापक अशान्ति निम्तिएको छ । जसले गर्दा अधिकारीहरूले सुरक्षा बल तैनाथ गरेर कफ्र्यू लगाएका छन् । साम्प्रदायिक हिंसा बढ्ने डरले बासिन्दाहरूलाई प्रतिशोधात्मक हिंसाबाट बच्न आग्रह गरेका छन् ।

आईतवार बिहान जैदल शहरमा बानी खालिद बेदुइन जनजातिका एक पुरुष र उनकी श्रीमतीको हत्या भएको र महिलाको शरीर आंशिक रूपमा जलेको अवस्थामा फेला परेपछि अशान्ति फैलियो । आन्तरिक अधिकारीहरूका अनुसार घटनास्थलमा साम्प्रदायिक आरोपित भित्तिचित्र फेला परेको थियो ।

होम्समा आन्तरिक सुरक्षा बलका प्रमुख मुरहाफ अल–नासनले साम्प्रदायिक कलह निम्त्याउने उद्देश्यले गरिएको आक्रमणलाई जघन्य अपराधको रूपमा निन्दा गरेका छन् । सुरक्षा इकाइहरूले तत्काल अनुसन्धान शुरु गरेको उनले बताएका छन् ।


प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?