Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

इनड्राइभको प्लाटिनम गिभअवेमा हरि पाण्डे उत्कृष्ट, बने ३७ लाखको टाटा ईभी कारको मालिक


काठमाडौं । राइड सेयरिङ सेवा इनड्राइभले दशैं–तिहार लक्षित‘प्लाटिनम ड्राइभर्स गिभअवे’को नतिजा सार्वजनिक गर्दै मुख्य पुरस्कार टाटा एक्सप्रेस ईभी कार हरि पाण्डेलाई हस्तान्तरण गरेको छ। करिब ३७ लाख रुपैयाँ मूल्य पर्ने यो विद्युतीय कारसहित उनी वर्षका सबैभन्दा भाग्यमानी चालक घोषित भएका छन्।

त्यसैगरी टीभीएस रेइडर मोटरसाइकल आकाश तामाङले जिते भने, स्मार्टफोन विजेतामा तिलक थापा मगर, विजय बस्नेत, राजेन्द्र महर्जन, श्यामकुमार लिम्बू र काजीमान रेग्मी मगर परेका छन्।

इनड्राइभका अनुसार अभियान भदौ ९–१५ र भदौ १६–असोज ५ का दुई चरणमा चलेको थियो। दुई चरणभर प्लाटिनम स्ट्याटस कायम राख्ने ड्राइभरहरूले ग्रान्ड प्राइजका लागि प्रतिस्पर्धा गरेका थिए।

कम्पनीका अनुसार ड्राइभर पार्टनरको मेहनत र सेवाप्रति प्रतिबद्धतालाई सम्मान गर्नु नै अभियानको मुख्य उद्देश्य हो।


प्रकाशित मिति: ७ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?