Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

इनड्राइभको प्लाटिनम गिभअवेमा हरि पाण्डे उत्कृष्ट, बने ३७ लाखको टाटा ईभी कारको मालिक


काठमाडौं । राइड सेयरिङ सेवा इनड्राइभले दशैं–तिहार लक्षित‘प्लाटिनम ड्राइभर्स गिभअवे’को नतिजा सार्वजनिक गर्दै मुख्य पुरस्कार टाटा एक्सप्रेस ईभी कार हरि पाण्डेलाई हस्तान्तरण गरेको छ। करिब ३७ लाख रुपैयाँ मूल्य पर्ने यो विद्युतीय कारसहित उनी वर्षका सबैभन्दा भाग्यमानी चालक घोषित भएका छन्।

त्यसैगरी टीभीएस रेइडर मोटरसाइकल आकाश तामाङले जिते भने, स्मार्टफोन विजेतामा तिलक थापा मगर, विजय बस्नेत, राजेन्द्र महर्जन, श्यामकुमार लिम्बू र काजीमान रेग्मी मगर परेका छन्।

इनड्राइभका अनुसार अभियान भदौ ९–१५ र भदौ १६–असोज ५ का दुई चरणमा चलेको थियो। दुई चरणभर प्लाटिनम स्ट्याटस कायम राख्ने ड्राइभरहरूले ग्रान्ड प्राइजका लागि प्रतिस्पर्धा गरेका थिए।

कम्पनीका अनुसार ड्राइभर पार्टनरको मेहनत र सेवाप्रति प्रतिबद्धतालाई सम्मान गर्नु नै अभियानको मुख्य उद्देश्य हो।


प्रकाशित मिति: ७ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?