Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

विवाह गर्न वडाको सिफारिस अनिवार्य


२८ चैत्र, जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा विवाह गर्नका लागि सिफारिस अनिवार्य गरिएको छ । गाउँपालिकाले बालविवाह रोकथाम गर्न वडाको सिफारिस अनिवार्य गरेको हो ।

उक्त पालिकाको– ५ मा पर्ने दुर्गम चारवटा गाउँलाई बालविवाहमुक्त गाउँ घोषाण गरिएको छ । दिगो विकासको लक्ष्यअनुरूप पातारासीका गाउँलाई बालविवाहमुक्त घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिह बोहोराले जानकारी दिए ।

यहाँका आठवटा स्थानीय तहका ६० वडामध्ये पातारासी गाउँपालिका–५ वडालाई बालविवाहमुक्त घोषणा गरिएको छ । अध्यक्ष बोहोराले भने, “विवाह उमेर समूहका २० वर्षमुनिका कुनै पनि बालबालिकाले विवाह नगरेको सर्वेक्षणबाट देखिएपछि बालविवाहमुक्त गाउँ घोषणा गरिएको हो ।” अब अरु वडालाई छिट्टै बालविवाहमुक्त गरिने भएको छ । स्थानीय सरकारको प्राथमिकतामा परेको सामाजिक विकृति रोकथाम गर्न यो महत्वपूर्ण काम भएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताए ।

बालविवाहमुक्त घोषणाका लागि विगत तीन वर्षदेखि बाल क्लब, वडा सरकार, समूह परिचालन तथा यससम्बन्धी परियोजना लागू गरेर अन्ततः बालविवाह शून्यमा झार्न सफल भएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले जानकारी दिए ।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?