Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

गुल्बदिनको अलराउन्ड प्रदर्शनमा लुम्बिनीको जित


काठमाडौं। गुल्बदिन नैबको अलराउन्ड प्रदर्शनमा लुम्बिनी लायन्सले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा सुखद सुरुआत गरेको छ ।

कीर्तिपुरमा लुम्बिनीले बुधबार चितवन राइनोजमाथि ६ विकेटको जितसँगै एनपिएलको दोस्रो सिजनमा सुखद सुरुआत गरेको हो । यससँगै चितवनले जारी एनपिएलमा पहिलो हार सामना ग¥यो । पहिलो खेलमा चितवनले कर्णाली याक्समाथि चार विकेटको जित निकालेको थियो । तर, दोस्रो खेलमा भने ब्याटिङ चल्न नसक्दा चितवनले हार सामना ग¥यो । यता, लुम्बिनीले जितबाट दोस्रो सिजनको सुरुआत गरेको हो । लुम्बिनीको जितमा नैबले अलराउन्ड प्रदर्शन गरे । उनले दुई विकेटसँगै ४४ रन पनि जोडे । नैब प्लेयर अफ दी म्याच पनि भए । त्रिवि क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ पाएको चितवनका लागि सहज भएन । चितवनले एक सय ४३ रनको मध्यम लक्ष्य दियो ।

तर, त्यो लक्ष्य लुम्बिनीले मात्र १८.३ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो । मध्य क्रमका ब्याटर नैब ४४ रनमा अविजित रहे । उनले २४ बलमा समान तीन चौका र छक्का प्रहार गरे । लुम्बिनीले दोस्रो ओभरमै पहिलो विकेट गुमाउन पुग्यो । रिजन ढकालले डार्सी सर्टलाई ११ रनमा बोल्ड गरे । त्यसपछि क्रिजमा आएका कप्तान रोहितले इनिङ समाले । उनले दोस्रो विकेटका लागि सन्दीप जोरासँग २७ रन, तेस्रो विकेटका लागि दिलीप नाथसँग ३० रन र चौथो विकेटका लागि नैबसँग ६० रनको साझेदारी गरे । १८औं ओभरमा रोहित ३९ रनमा आउट भए । उनले ४४ बलमा एक चौका मात्र प्रहार गरे । त्यसअघि ओपनर सन्दीपले २८ रन जोड्दा दीलिप १० रनमा रनआउट भए ।

पावर प्लेमा दुई विकेट गुमाए पनि लुम्बिनीले ५१ रन जोड्दै राम्रो सुरुआत पाएको थियो । चितवनको बलिङमा रिजन ढकालले दुई तथा सोहल तनभिरले एक विकेट लिए । ६ बलर प्रयोग गरे पनि चितवनले हार टार्न सकेन । कमल सिंह ऐरीले तीन ओभरमा ४४ रन खर्चदै महँगा साबित भए । रबि बोपाराको अर्धशतकमा चितवनले पूरै ओभरमा सात विकेट गुमाउँदै एक सय ४२ रनको योगफल बनाएको थियो । खराब सुरुआत गरेको चितवनका लागि रबिले ६६ रन जोडे । लगातार दोस्रो खेलमा उनले अर्धशतक प्रहार गरेका हुन् । पहिलो खेलमा कर्णाली याक्सविरुद्ध पनि रविले ५२ रनको इनिङ खेलेका थिए ।

दोस्रो खेलमा पनि उनले लय जारी राखे । तर, शीर्ष तीन ब्याटर सस्तैमा आउट हुँदा चितवनको सुरुआत राम्रो भएन । ओपनरद्वय दीपक बोहरा १० रन र डविड मालन शून्यमा पभेलियन फर्किए । नामिबियन तीव्र गतिका बलर रुबेन ट्रम्पलमेनले इनिङको दोस्रो बलमै मालनलाई गोल्डेन डकआउट गरेका हुन् । चौथो ओभरमा दीपक पनि पभेलियन फर्किए । सुरुमै दुई विकेट पतनपछि चितवन दबाबमा प¥यो । पावर प्लेमा चितवनले ३२ रन मात्र जोड्यो । आठौं ओभरमा देव खनाल पनि १४ रनमा आउट भए । यससँगै ७.३ ओभरमा चितवन ४३÷३ को अवस्थामा पुग्यो । त्यसपछि रबिले कप्तान कुशल मल्लसँग चौथो विकेटका लागि ४४ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाए ।

१६औं ओभरमा कुशल २१ रनमा आउट भए । १८ बलमा उनले एक छक्का मात्र प्रहार गरे । रबिले पाँचौं विकेटका लागि पनि सैब जैबसँग ४१ रनको साझेदारी गरे । सैब ७ बलमा १५ रन जोड्दै आउट भए । उनको इनिङमा दुई चौका र एक छक्का रह्यो । डार्सी सर्टको १७औं ओभर चितवनका लागि महŒवपूर्ण रह्यो । यो ओभरमा चितवनले तीन छक्कासहित २१ रन जोड्यो । अन्तिम ओभरको दोस्रो बलमा बोपारा ६६ रनमा आउट भए । यससँगै चितवनको एक सय ५० रनको आँकडा पार गर्ने लक्ष्य पूरा भएन । ५५ बल खेलेका बोपाराले चार चौका र तीन छक्का प्रहार गरे । लुम्बिनीको बलिङमा ट्रम्पलमेनले तीन तथा अभिशेष गौतम र गुल्बदिन नैबले समान दुई विकेट लिए । शेर मल्ल, अभिशेष र ट्रम्पलमेनले किफायती बलिङ पनि गरे ।


प्रकाशित मिति: ४ मंसिर २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?