Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

वृद्धभत्ता रोक्ने विषयमा सरकारले थाल्यो छलफल


२८ चैत्र, काठमाडाैँ । सरकारले वृद्धभत्ता रोक्ने विषयमा छलफल अगाडी बढाएको छ । अर्थतन्त्र धरापमा परेपछि केही थामथुम गर्नका लागि सरकारले यस विषयमा छलफल थालेको हो ।

यसअघि अर्थमन्त्रालयका सचिव तोयम रायले सरकारले लामो समयसम्म सुरक्षा भत्ता बाड्न नसक्ने बताएका थिए ।  उनले कुनै योगदानबिना १०० अर्ब बाड्न गाह्रो पर्ने बताएका थिए ।

२०५२ सालमा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई भत्ता दिने नीति ल्याएको थियो ।

आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ७० वृद्ध भत्ता पाउने उमेरलाई ६८ वर्षमा झारेका थिए । अहिले सरकारले ६८ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई मासिक ४ हजार रूपैयाँ भत्ता उपलब्ध गराइरहेको छ ।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?