काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाउँदै भावुक बनेका छन्।
गृह मन्त्रालयमा सचिव रामेश्वर दंगालले उनलाई आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन्। सम्बोधनको सुरुमै कार्कीको गला अवरुद्द भएको थियो “म सर्वप्रथम राष्ट्र र नागरिक सेवामा वीरगति प्राप्त गर्नुभएका…” भन्नेबित्तिकै आँखा रसाए।
३० वर्षे सेवा अवधिपछि अघिल्ला आईजीपी चन्द्रकुवेर खापुङ अवकाशमा गएपछि कार्कीले कमाण्ड सम्हालेका हुन्। इमानदार र अनुभवी प्रहरी अधिकृतका रूपमा चिनिएका कार्कीले पारदर्शी र जवाफदेहितापूर्वक नागरिक सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहीबार