Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

दिल्लीमा शक्तिशाली विस्फोट: ८ को मृत्यु, २४ घाइते


एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेशननजिक सोमबार साँझ भएको कार विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

साँझ करिब ६:५५ बजे पार्किङमा रोकिराखिएको कार अचानक विस्फोट हुँदा वरपरका तीन–चार गाडीमा समेत आगो लागेको दिल्ली प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि सातवटा दमकल परिचालन गरिएको थियो।

विस्फोटपछि आसपासको क्षेत्रमा आतंक फैलिएको र प्रहरी, फरेन्सिक टोली तथा राष्ट्रिय सुरक्षा गार्डका कमाण्डोहरूले घटनास्थलमा अनुसन्धान सुरु गरेका छन्।

घाइतेहरूलाई लोकनायक जयप्रकाश नारायण अस्पतालमा पुर्‍याइएको छ। अस्पतालका अनुसार, ८ जनाको घटनास्थलमै मृत्यु भएको र तीन जनाको अवस्था गम्भीर छ।

विस्फोटपछि दिल्ली, मुम्बई, उत्तर प्रदेश र हरियाणामा उच्च सतर्कता घोषणा गरिएको छ। उत्तर प्रदेशमा ‘रेड अलर्ट’ जारी गर्दै संवेदनशील स्थलहरूमा सुरक्षा कडा पारिएको छ।


प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?