Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

अर्धनिर्मित फल्चा लथालिङ्ग अवस्थामा


काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र निर्माणाधिन विभिन्न स्थानका फल्चाहरु अलपत्र परेका छन् ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा यात्रुहरूको सहज आवागमनका लागि निर्माण थालेका फल्चाहरु अहिले विभिन्न स्थानमा अर्धनिर्मित र अव्यवस्थित देखिएका हुन् । बानेश्वर, बबरमहल लगायतका स्थानका फल्चाहरु अहिले अर्धनिर्मित अवस्थामा रहेका छन् । काम अधुरै छोडिँदा ती संरचनाहरु जनसुरक्षा, ट्राफिक व्यवस्था र शहरी सौन्दर्यका हिसावले चुनौती बन्न थालेका छन् ।

काठमाडौंको मुटुमा अवस्थित मुख्य सार्वजनिक स्थलहरूमा यस्ता अधुरा फल्चाहरूको अवस्था हेर्दा नगरपालिकाको योजनागत कमजोरी, कार्यान्वयनमा देखिएको ढिलासुस्ती र उत्तरदायित्वको कमी स्पष्ट झल्किन्छ । राजधानीमा सार्वजनिक संरचना निर्माणको नाममा भइरहेका यस्ता कामहरूले शहरको भौतिक स्वरूपलाई बिगारिरहेका छन् ।

साथै आम नागरिकको सहज जीवनशैली र सुरक्षित यात्रामाथि समेत प्रश्नचिन्ह खडा गरिरहेका छन् ।


प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?