Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

अर्धनिर्मित फल्चा लथालिङ्ग अवस्थामा


काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र निर्माणाधिन विभिन्न स्थानका फल्चाहरु अलपत्र परेका छन् ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा यात्रुहरूको सहज आवागमनका लागि निर्माण थालेका फल्चाहरु अहिले विभिन्न स्थानमा अर्धनिर्मित र अव्यवस्थित देखिएका हुन् । बानेश्वर, बबरमहल लगायतका स्थानका फल्चाहरु अहिले अर्धनिर्मित अवस्थामा रहेका छन् । काम अधुरै छोडिँदा ती संरचनाहरु जनसुरक्षा, ट्राफिक व्यवस्था र शहरी सौन्दर्यका हिसावले चुनौती बन्न थालेका छन् ।

काठमाडौंको मुटुमा अवस्थित मुख्य सार्वजनिक स्थलहरूमा यस्ता अधुरा फल्चाहरूको अवस्था हेर्दा नगरपालिकाको योजनागत कमजोरी, कार्यान्वयनमा देखिएको ढिलासुस्ती र उत्तरदायित्वको कमी स्पष्ट झल्किन्छ । राजधानीमा सार्वजनिक संरचना निर्माणको नाममा भइरहेका यस्ता कामहरूले शहरको भौतिक स्वरूपलाई बिगारिरहेका छन् ।

साथै आम नागरिकको सहज जीवनशैली र सुरक्षित यात्रामाथि समेत प्रश्नचिन्ह खडा गरिरहेका छन् ।


प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?