Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

फिलिपिन्समा फेंगशेन आँधीबाट ८ जनाको मृत्यु, २ जना बेपत्ता


एजेन्सी। आईतवार फिलिपिन्समा उष्णकटिवन्धीय आँधी फेंगशेनबाट आठ जनाको मृत्यु भएको छ । साथै अन्य दुई जना अझै बेपत्ता रहेको नागरिक रक्षा कार्यालय (ओसीडी) ले जनाएको छ ।

ओसीडीका प्रवक्ता जुनी कास्टिलोले मनिलाको दक्षिणपूर्वमा रहेको क्वेजोन प्रान्तको पिटोगो नगरपालिकामा ढलेको रूखले पाँच जनाको मृत्यु भएको र मध्य फिलिपिन्सको पश्चिमी भिसायास क्षेत्रमा अन्य तीन जनाको मृत्यु भएको बताउनु भयो । कास्टिलोले दक्षिणी फिलिपिन्सको बुकिडनोन प्रान्तको क्वेजोन नगरपालिकामा पहिरोमा बेपत्ता भएका दुई जनाको खोजी र उद्धार कार्य जारी रहेको बताएका छन् ।

फेंगशेनले देशभर १५ हजार परिवार वा लगभग ३० हजार व्यक्तिहरूलाई असर गरेको छ । बाइस हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । कास्टिलोकाअनुसार आँधीले मध्य र दक्षिणी फिलिपिन्समा बाढी र पहिरो निम्त्याएको छ । राज्यको मौसम विभागले सोमवार बिहान फेंगशेन फिलिपिन्सबाट बाहिरिने पूर्वानुमान गरेको छ । फिलिपिन्समा वार्षिक औसत २० वटा आँधी आउँछन् ।


प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?