Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

फिलिपिन्समा फेंगशेन आँधीबाट ८ जनाको मृत्यु, २ जना बेपत्ता


एजेन्सी। आईतवार फिलिपिन्समा उष्णकटिवन्धीय आँधी फेंगशेनबाट आठ जनाको मृत्यु भएको छ । साथै अन्य दुई जना अझै बेपत्ता रहेको नागरिक रक्षा कार्यालय (ओसीडी) ले जनाएको छ ।

ओसीडीका प्रवक्ता जुनी कास्टिलोले मनिलाको दक्षिणपूर्वमा रहेको क्वेजोन प्रान्तको पिटोगो नगरपालिकामा ढलेको रूखले पाँच जनाको मृत्यु भएको र मध्य फिलिपिन्सको पश्चिमी भिसायास क्षेत्रमा अन्य तीन जनाको मृत्यु भएको बताउनु भयो । कास्टिलोले दक्षिणी फिलिपिन्सको बुकिडनोन प्रान्तको क्वेजोन नगरपालिकामा पहिरोमा बेपत्ता भएका दुई जनाको खोजी र उद्धार कार्य जारी रहेको बताएका छन् ।

फेंगशेनले देशभर १५ हजार परिवार वा लगभग ३० हजार व्यक्तिहरूलाई असर गरेको छ । बाइस हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । कास्टिलोकाअनुसार आँधीले मध्य र दक्षिणी फिलिपिन्समा बाढी र पहिरो निम्त्याएको छ । राज्यको मौसम विभागले सोमवार बिहान फेंगशेन फिलिपिन्सबाट बाहिरिने पूर्वानुमान गरेको छ । फिलिपिन्समा वार्षिक औसत २० वटा आँधी आउँछन् ।


प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?