Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

इजरायलद्वारा १५ प्यालेस्टिनीहरूको शव गाजालाई हस्तान्तरण


एजेन्सी। गाजास्थित स्वास्थ्य अधिकारीहरूले इजरायलले हमाससँगको कैदी आदानप्रदान सम्झौताको एक भागको रूपमा रेडक्रसको अन्तर्राष्ट्रिय समितिमार्फत १५ प्यालेस्टिनीहरूको शव गाजालाई हस्तान्तरण गरेको छ । यो स्थानान्तरणसँगै इजरायलबाट फिर्ता गरिएका शवहरूको कुल संख्या १ सय ३५ पुगेको छ ।

अधिकारीहरूले उनीहरूको चिकित्सा टोलीले परिवारलाई हस्तान्तरण गर्नुअघि अनुमोदित चिकित्सा प्रक्रिया र प्रोटोकल अनुसार शवहरू ह्यान्डल गर्न जारी राखेको बताएका छन् । गाजाका स्वास्थ्य र फोरेन्सिक अधिकारीहरू अवशेषहरू पहिचान गर्न जिम्मेवार छन् । इजरायल–हमास युद्ध अक्टोबर ७, २०२३ मा शुरु भयो । जब दक्षिणी इजरायलमा हमासको नेतृत्वमा रहेका लडाकूहरूले अचानक आक्रमण गर्दा १ हजार २ सय जनाको मृत्यु भयो । २ सय ५१ जनालाई वन्धक बनायो । गाजामा भएको इजरायली आक्रमणमा ६७ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ । १ लाख ७० हजार १ सय ७९ जना घाइते भएका छन् ।इजिप्ट, कतार, टर्की र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम अक्टोबर १० मा लागू भएको थियो ।

यसको पहिलो चरणमा कैदी र बन्दीहरूको आदानप्रदान, गाजा पट्टीमा मानवीय सहायताको प्रवेश र इजरायली सेनाको आंशिक फिर्ता समावेश छ ।


प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?