Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

इजरायलद्वारा १५ प्यालेस्टिनीहरूको शव गाजालाई हस्तान्तरण


एजेन्सी। गाजास्थित स्वास्थ्य अधिकारीहरूले इजरायलले हमाससँगको कैदी आदानप्रदान सम्झौताको एक भागको रूपमा रेडक्रसको अन्तर्राष्ट्रिय समितिमार्फत १५ प्यालेस्टिनीहरूको शव गाजालाई हस्तान्तरण गरेको छ । यो स्थानान्तरणसँगै इजरायलबाट फिर्ता गरिएका शवहरूको कुल संख्या १ सय ३५ पुगेको छ ।

अधिकारीहरूले उनीहरूको चिकित्सा टोलीले परिवारलाई हस्तान्तरण गर्नुअघि अनुमोदित चिकित्सा प्रक्रिया र प्रोटोकल अनुसार शवहरू ह्यान्डल गर्न जारी राखेको बताएका छन् । गाजाका स्वास्थ्य र फोरेन्सिक अधिकारीहरू अवशेषहरू पहिचान गर्न जिम्मेवार छन् । इजरायल–हमास युद्ध अक्टोबर ७, २०२३ मा शुरु भयो । जब दक्षिणी इजरायलमा हमासको नेतृत्वमा रहेका लडाकूहरूले अचानक आक्रमण गर्दा १ हजार २ सय जनाको मृत्यु भयो । २ सय ५१ जनालाई वन्धक बनायो । गाजामा भएको इजरायली आक्रमणमा ६७ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ । १ लाख ७० हजार १ सय ७९ जना घाइते भएका छन् ।इजिप्ट, कतार, टर्की र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम अक्टोबर १० मा लागू भएको थियो ।

यसको पहिलो चरणमा कैदी र बन्दीहरूको आदानप्रदान, गाजा पट्टीमा मानवीय सहायताको प्रवेश र इजरायली सेनाको आंशिक फिर्ता समावेश छ ।


प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?