Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

डिसेम्बरसम्ममा इबोला प्रकोप अन्त्यको घोषणा हुनसक्छः डब्लुएचओ


एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आईतवार स्वास्थ्य अधिकारीहरूले डिसेम्बरको शुरुमा प्रजातान्त्रिक गणतन्त्र कंगो मा हालको इबोला प्रकोपको अन्त्यको घोषणा गर्नसक्ने बताएको छ। यदि त्यसअघि कुनै नयाँ केस फेला परेन भने त्यो सम्भव रहेको बताएको हो ।

अफ्रिकाका लागि डब्लुएचओ क्षेत्रीय कार्यालयको एक विज्ञप्तिमा यो घोषणा अन्तिम इबोला बिरामीलाई पूर्ण रूपमा निको भएपछि उपचार केन्द्रबाट डिस्चार्ज गरिएको थियो । जुन घातक भाइरस विरुद्धको देशको लडाईमा कोसेढुङ्गा हो । सेप्टेम्बर ४ मा कसाईको मध्य प्रान्तको स्वास्थ्य क्षेत्र बुलापेमा प्रकोप घोषणा भएदेखि ५३ पुष्टि भएका र ११ सम्भावितसहित कुल ६४ केसहरू रिपोर्ट गरिएका छन् ।

डब्लुएचओकाअनुसार उन्नाइस बिरामीहरू निको भएका छन् र सेप्टेम्बर २५ देखि कुनै नयाँ केस रिपोर्ट गरिएको छैन । अफ्रिकाका लागि डब्लुएचओ क्षेत्रीय निर्देशक मोहम्मद जनाबीले अहिलेसम्म भएको प्रगतिको प्रशंसा गरेका छन् । डब्ल्युएचओले पहिले सेप्टेम्बर २०२२ मा आफ्नो १५ औं इबोला प्रकोपको अन्त्यको घोषणा गरेको थियो । जुन पूर्वी प्रान्त उत्तरी किभुमा देखा परेको थियो ।


प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?