Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

जेन–जी आन्दोलनको क्रममा लुटिएका हतियार फिर्ता गर्न गृहले विशेष अपरेशन चलाउने


काठमाडौँ। जेन–जी पुस्ताको आन्दोलनको क्रममा लुटिएका हातहतियारहरु फिर्ता ल्याउन गृह मन्त्रालयले विषेश अपरेशन सञ्चालन गर्ने भएको छ ।

आईतवार सिंहदरबारमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो जानकारी दिएका छन् । उनकाअनुसार बैठकमा निर्वाचनको तयारीसम्बन्धी रणनीतिक योजनाहरु प्रश्तुत गर्न गठित कार्यदलको कामकारबाहीबारे समेत समिक्षा भएको छ । उनले बैठकमा निर्वाचनको वातावरण निर्माण गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई मुख्य जिम्मेवारी दिने निर्णय भएको पनि बताएका छन् । उनले आन्दोलनको क्रममा जेलबाट भागेका कैदीहरुलाई कारागर फिर्ता गर्न सुरक्षा निकायलाई थप सक्रियताका साथ परिचालन गर्ने निर्णय भएको पनि बताए ।

उनले भने, ‘हामीले यसअघिको बैठकमा निर्वाचनको तयारीसँग सम्बन्धीत रणनीतिक योजनाहरु प्रश्तुत गर्न एउटा कार्यदल बनाएका थियौं । आजको बैठकमा उसले गरेको कामको समिक्षा गर्यौं । निर्वाचनको लागि सोअनुरुप हामीले आफू मातहतको निकायहरुलाई परिचालित गर्नुपर्ने हुन्छ । कार्यदलले दिएका रणनीतिक योजनाहरु हामी प्रमुख जिल्ला अधिकारीमार्फत कार्यान्वयन गराउँछौं । प्रमुख जिल्ला अधिकारीको पहिलो प्राथमिकता नै अब निर्वाचन हुन्छ । त्यसबारे निर्णय गरेका छौं । जेन–जी आन्दोलनको क्रममा लुटिएका हतियारहरु फिर्ता ल्याउनको लागि विषेश कार्यक्रम चलाउँछौं । आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरुलाई फिर्ता ल्याउनको लागि पनि थप कार्यक्रमहरु ल्याउँछौं । निर्वाचनको वातावरण बनाउनको लागि शान्ती सुरक्षाको प्रत्याभूति दिलाउनको लागि सुरक्षा निकायहरुको जोइन्ट पेट्रोलिङ गर्ने कुराहरु पनि साथसाथै अगाडि बढाउँछौं ।’

उनले निर्वाचनको वातावरण निर्माण गर्न राजनीतिक दलहरुले समाजमा रहेका अपराधीहरुलाई दुरुपयोग नगर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्ने समेत बताएका छन् ।


प्रकाशित मिति: २ कार्तिक २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?