Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

चालु वर्षलाई चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धि वर्षका रुपमा अघि बढाएका छौँः अध्यक्ष दाहाल


काठमाडौँ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले बोर्डले चालु वर्षलाई चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धि वर्षका रुपमा अघि बढाइरहेको बताएका छन् ।

शुक्रवार बोर्डमा सिनेमा क्षेत्रहरुमा कम्तिमा २० वर्ष काम गर्नुभएका चलचित्रकर्मीहरुलाई परिचयपत्र वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । उनले बोर्डले चलचित्रकर्मीहरुका लागि २० वर्ष काम गर्नेहरुलाई ७५ हजार र ३० वर्ष काम गर्नेहरुलाई एक लाखको जीवन बीमा गर्ने निर्णय भएअनुसार काम अघि बढाइरहेको बताए । उनले बिरामी भइ उपचार गराएपछि चिकित्सकको हस्ताक्षरसहित ३५ दिनभित्रमा औषधिको बिल लिएर इन्स्योरेन्स कार्यालयमा जानुपर्ने भएकाले ३० दिनभित्र बोर्डमा आइसक्न पनि आग्रह गरेका छन् । अन्य प्रकारका कार्यक्रमहरुको रकमलाई कटौति गरेर भएपनि त्यस काममा आफूहरु लागेको बताएका छन् ।

उनले भने, ‘२० वर्षको साथीहरुले ७५ हजारको र ३० वर्ष माथिकोले एक लाखको इन्स्योरेन्स गरिएको छ । बिरामी भएर डाक्टरको हस्ताक्षरसहित ३५ दिनभित्रमा औषधिको बिल लिएर इन्स्योरेन्स कार्यालयमा पुग्नुपर्ने बताउनु भयो । ३० दिनभित्रमा चलचित्र विकास बोर्डमा आइसक्नुपर्छ । हामी यो वर्षलाई चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धि वर्षका रुपमा काम गरिरहेका छौँ । अन्य प्रकारका कार्यक्रमहरुको रकमलाई पनि कटौति गरी ति सबै चिजहरु स्तरोन्नतिमा खर्च गर्नेछौँ ।’

उनले आफू बोर्डमा आएपछि चलचित्रकर्मीहरुका हक हितलाई ध्यानमा राखेर काम गरिरहेको बताएका छन् ।


प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?