काठमाडौँ । नेपाल प्रहरीले देशभरका प्रहरी निरीक्षकहरूको ठूलो स्तरको सरुवा गरेको छ। प्रधान कार्यालयले एकैपटक ६६५ जना इन्स्पेक्टरलाई नयाँ जिम्मेवारी तोकेको हो।
मानव स्रोत विकास विभागको असोज २८ गतेको निर्णयअनुसार सरुवा सूची सार्वजनिक गरिएको हो। उक्त निर्णयसँगै सरुवा भएका निरीक्षकहरूलाई कार्तिक महिनादेखि नयाँ दरबन्दीबाटै तलब र भत्ता पाउने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
प्रधान कार्यालयले सरुवा भएका सबै निरीक्षकलाई तोकिएको कार्यक्षेत्रमा तुरुन्त हाजिर भई नियमित कामकाज सुरु गर्न निर्देशन दिएको छ।
ins_saruwa_sn2817प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार