Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ११ किलो गाँजा सहित तीन भारतीय नागरिक पक्राउ


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट करिब ११ किलो २ सय ७५ ग्राम अवैध लागूऔषध (गाँजा जस्तो देखिने वस्तु) सहित तीन भारतीय नागरिक आइतबार दिउँसो पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ५० वर्षीय सलीम इब्राहिम अन्सारी, २४ वर्षीय रिहान मोहद अजाज शेख र ३२ वर्षीया जैनब बासिर रहेका छन्। एयर एसियाको उडानमार्फत बैंककबाट काठमाडौं आएका उनीहरूको लगेज जाँच गर्ने क्रममा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले सो लागूऔषध फेला पारेको हो।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो (NCB) पठाइएको प्रहरीले जनाएको छ।


प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?