Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ११ किलो गाँजा सहित तीन भारतीय नागरिक पक्राउ


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट करिब ११ किलो २ सय ७५ ग्राम अवैध लागूऔषध (गाँजा जस्तो देखिने वस्तु) सहित तीन भारतीय नागरिक आइतबार दिउँसो पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ५० वर्षीय सलीम इब्राहिम अन्सारी, २४ वर्षीय रिहान मोहद अजाज शेख र ३२ वर्षीया जैनब बासिर रहेका छन्। एयर एसियाको उडानमार्फत बैंककबाट काठमाडौं आएका उनीहरूको लगेज जाँच गर्ने क्रममा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले सो लागूऔषध फेला पारेको हो।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो (NCB) पठाइएको प्रहरीले जनाएको छ।


प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?