Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

काठमाडौँको गौरीघाटमा महिलाको हत्या,श्रीमान् पक्राउ


काठमाडौं। काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकस्थित डेराबाट आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा संखुवासभा खाँदबारी नगरपालिका–६ घर भएका ३५ वर्षीय छिरिङ (तेन्जिङ) शेर्पा पक्राउ परेका छन्।

४० वर्षीया बिमला तामाङ (अप्सरा कार्की) आइतबार दिउँसो आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धानका क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले श्रीमान् शेर्पालाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानमा दम्पतीबीच वादविवादपछि झगडा भएको र सोही क्रममा तेन्जिङले कुटपिट र ढुङ्गा प्रहार गरी अप्सराको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?