Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

काठमाडौँको गौरीघाटमा महिलाको हत्या,श्रीमान् पक्राउ


काठमाडौं। काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकस्थित डेराबाट आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा संखुवासभा खाँदबारी नगरपालिका–६ घर भएका ३५ वर्षीय छिरिङ (तेन्जिङ) शेर्पा पक्राउ परेका छन्।

४० वर्षीया बिमला तामाङ (अप्सरा कार्की) आइतबार दिउँसो आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धानका क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले श्रीमान् शेर्पालाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानमा दम्पतीबीच वादविवादपछि झगडा भएको र सोही क्रममा तेन्जिङले कुटपिट र ढुङ्गा प्रहार गरी अप्सराको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?