Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

विपिन जोशी जीवित नरहेको इजरायली सेनाको पुष्टि


काठमाडौं । हमासले नियन्त्रणमा लिएका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली सेनाले पुष्टि गरेको छ ।

इजरायली सेना (आईडीएफ) का अधिकारीले आज बिहान साढे ७ बजे इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालका दाजु किशोर जोशीलगायतलाई भिडियो कन्फरेन्समार्फत विपिनको निधन भएको औपचारिक जानकारी दिएका हुन् ।

हमासले इजरायलको किबुत्ज क्षेत्रमा आक्रमण गर्दा विपिन बन्धक बनाइएका थिए । त्यस क्रममा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । सन् २०२३ नोभेम्बरमा विपिन गाजाको अल शिफा अस्पतालमा देखिएका थिए, तर त्यसपछि उनी बेपत्ता थिए । अमेरिकाको पहलमा भएको युद्धविरामपछि रिहा गरिने २० जनाको सूचीमा पनि विपिनको नाम नदेखिएको बताइएको छ ।

विपिनको अवस्थाबारे नेपाल सरकारले लगातार कूटनीतिक पहल गरे पनि सफल हुन सकेन  ।


प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?