Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

‘प्रधानसेनापति ट्रफी–२०७९’ प्रतियोगिता सुरु


२७ चैत ,काठमाडौँ । नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको ‘प्रधानसेनापति ट्रफी–२०७९’ सुरु भएको छ । प्रतियोगिता सैनिक मुख्यालयभित्रको खेलमैदानमा आज आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका हुन्‌ ।

आगामी वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न नौ खेल समावेश गरिएको छ । जसमा एथ्लेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, सुटिङ र आर्चरी विधाका खेलहरु समावेश गरिएको छ ।

प्रतियोगिताका खेलहरु भद्रकालीस्थित नेपाली सेनाको खेलकुद मैदानका साथै छाउनीस्थित जगदल गण र लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा सञ्चालन हुनेछ । उत्कृष्ट खेल प्रतिभाहरुको पहिचान गरी खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा स्थापित गर्ने उद्देश्यले २०६५ सालदेखि सुरु भएको ‘प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता’ नेपाली खेलकुद क्षेत्रको विकासका लागि कोसेढुङ्गा साबित भएको विश्वास नेपाली सेनाको छ ।

उद्घाटनका अवसरमा आज महिलाहरुको एक हजार पाँच सय मिटर र पुरुषहरुको आठ सय मिटर दौडमा विजयी हुने खेलाडीहरुलाई प्रधानसेनापति शर्माले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा महिलातर्फ लिजा लम्तरीले ५ मिनेट १७ सेकेन्डमा दौड पूरा गरी प्रथम भएकि थिईन्‌। त्यस्तै, सोमिता पहरीले ५ मिनेट २३ सेकेन्ड समयमा द्वितीय र निशा बुढामगरले ५ मिनेट २५ सेकेन्डको समयमा दौड पूरा गरी तृतीय भएका थिए ।

त्यस्तै, पुरुषतर्फ ४ मिनेट १० सेकेन्ड डौड पूरा गरी रामचन्द्र बानियाँ प्रथम भएका थिए । मिलन कार्कीले ४ मिनेट १० सकेन्ड बढी समयमा दोस्रो हुनुभयो भने दीपेन्द्रनाथ ४ मिनेट १३ सेकेन्डमा डौड पूरा गरी तृतीय भएका थिए ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?