Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

टी-२० विश्वकप छनोटमा आज नेपाल र यूएई खेल्दै


काठमाडौँ। ओमानमा जारी टी–२० विश्वकप एसिया/इस्ट एसिया पेसिफिक छनोट अन्तर्गत नेपाल आज सुपर सिक्सको पहिलो खेलमा यूएईसँग भिड्दैछ। खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा अपराह्न ४:१५ बजे सुरु हुनेछ।

दुवै टोली अपराजित छन् — नेपालले कुवेत र जापानलाई, भने यूएईले कतार र मलेसियालाई पराजित गरेको छ। टी–२०आईमा दुवै टोलीबीच अहिलेसम्म १० पटक भेट भइसकेको छ — ५–५ खेल जित्दै बराबरी अवस्थामा छन्। पछिल्लो भिडन्तमा एसीसी प्रिमियर कपमा नेपाल यूएईसँग पराजित भएको थियो।

नेपालको आगामी खेलहरू सोमबार कतार, बुधबार सामोआ र शुक्रबार ओमानसँग हुनेछन्।


प्रकाशित मिति: २६ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?