Trending
>>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु >>   प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी >>   समाजमा कुष्ठरोगलाई हेर्ने दृष्टिकोण अझै नकरात्मकः कानूनमन्त्री सिन्हा >>   समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ ? यस्तो छ निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि >>   एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता शुरु >>   जमानत जफत हुनेमा २,८९० उम्मेदवार , ३५० जनाले एक भोट पनि पाएनन्
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

फिल्म ‘प्रसाद २’ प्रदर्शनका लागि बाटो खुल्ला


२७ चैत्र, काठमाडाैँ । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएको छ । गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा आज भएको सुनुवाइमा न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ । यो आदेशसँगै चलचित्रको प्रदर्शन गर्ने बाटो खुलेको छ ।

अदालतले दिएको आदेशमा चलचित्र निर्माण गर्न इजाजत प्राप्त कम्पनी सुलभ थापा प्रोडक्सन प्रालिले प्राप्त गरेको र निवेदकसँग कुनै सम्बन्ध नदेखिको हुँदा निर्माण भइसकेको चलचित्र प्रदर्शन रोक्नु सुविधा सन्तुलनको दृष्टिले उपयुक्त नदेखिएकाले जारी गरिएको अल्पकालीन आदेश जारी नहुने उल्लेख गरिएको छ । उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले चलचित्र प्रदर्शन हुने बाटो खुलेको जानकारी दिए ।

गत चैत २१ गते व्यवसायी केशव पाण्डेले आफ्नो ९० प्रतिशत स्वामित्व रहेको चलचित्र १० प्रतिशत स्वामित्व रहेका निर्माता सुभाष थापाले बिना अनुमति रिलिज गर्न लागेको भन्दै तत्काल प्रदर्शन रोक्न रिट हालेपछि गत चैत २४ मा प्रदर्शन तय भएको चलचित्र ‘प्रसाद–२’ प्रदर्शन रोकिएको थियो ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?