Trending
>>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

तिहारमा काठमाडौं महानगरका ३२ स्थानबाट फूलमाला विक्री गर्न पाइने


काठमाडौं। काठमाडौं महानगरपालिकाले तिहारमा फूलमाला विक्री वितरणका लागि ३२ वटा स्थानहरु तोकेको छ ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै महानगरले फूलमाला विक्री वितरणका लागि ३२ वटा स्थान तोकेको हो । तिहारमा हुने अव्यवस्थित फूलमालाको बजार व्यवस्थापन गर्न ३२ स्थान तोकेको महानगरले जनाएको छ । महानगर क्षेत्रभित्रका ३२ स्थानमा हुने फूलमाला विक्री तथा वितरण केन्द्रबाट नेपाली किसानले उत्पादन गरेका फूलमाला मात्रै विक्री गर्न पाइनेछ । महानगरले विशेष गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित यस्तो कदम चालेको बताएको छ । महानगरले जनाएअनुसार यी वितरण केन्द्रहरुबाट नेपालमै उत्पादन भएका फूल र मालाहरु मात्र विक्री गरिनेछन् । विगतमा भारत लगायत अन्य मुलुकबाट आयात गरिने फूलमालालाई प्रतिस्थापन गर्न तथा नेपाली कृषक र स्थानीय उद्यमीलाई बजार उपलब्ध गराउने काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताएका छन् ।

नगर प्रहरी प्रमुख पाण्डेकाअनुसार महानगरले नयाँ बानेश्वरको एन.वि. सेन्टर, शंखमुुलको विग मार्ट, नयाँ बानेश्वरको आई प्लेक्स महल, मध्यबानेश्वर सेल्स बेरी, बत्तिसपुतलीको फोनेक्स टावर, तिनकुुनेको तिनकुने चौर, सिफलको सिफल चौर, चावहिलको एस पी कम्लेक्स, गणेशस्थानको तरकारी बजार, केयल टावर अगाडि र चावहिल सेन्टर अगाडि, स्वयम्भुको धर्म चौक पार्क, कालीमाटिको कालीमाटी बाङ्गक्यूट र द्यौखेल, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर, माछापोखरीको बुद्ध महल र गुणस्तर खाल्डो, हाँडिगाउँको ५ वडा अगाडिको डबली र ५ वडा गणेश मन्दिर डबली, सामाखुसीको कोईराला स्मार्टः २६ वडा सामाखुसी, महाराजगञ्जको सेल्स बेरी, गोंगबुको बिगमार्ट, चपलकारखानाको बिगमार्ट, बालुवाटारको बिगमार्ट, कामलादीको आईटि बिल्डिङ्ग, पुतली सडकको स्टार महल, अनामनगरको भाटभटेनी, टेवल मन्दिर परिसर, सुन्धरको काठमाडौं महल, वडा नम्बर २८ अद्वेतमार्गको वडा कार्यालय बनाउने ठाउँमा र न्यूप्लाजा बज्र कम्लेक्सको गुड मार्टमा विक्री वितरण केन्द्र स्थापना गर्ने बताएका छन् । उनले अवैध रुपमा विदेशी फूलमाला ल्याइ बेचेको पाइए महानगर प्रहरीलाई सूचना दिन आग्रह गरे । उनले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न आह्वान गरेका छन् ।

उनले भने, ‘नेपाली किसानहरुलाई प्रोत्साहन गर्नका लागि म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीलाई अनुरोध गर्न चाहन्छु । हाम्रो उत्पादनलाई चाहीँ हामी आत्मनिर्भर हुनुपर्दछ र हाम्रो उत्पादनलाई प्रयोग गर्नुपर्छ । खोजी खोजी हाम्रो नेपाली फूलहरु कुन कस्ता प्रकृतिका छन् भन्ने हिसावले सबैले चिन्न सकिने अवस्था छ र कुनै कन्फ्युजन भएमा र कहीँ कतै त्यस्तो अवैध रुपमा आयातित भएका फूलहरु भेटिएको खण्डमा, विक्री भएको भेटिएमा हामीलाई सूचना दिन पनि अनुरोध गर्न चहन्छु ।’

नगर प्रहरी प्रमुख पाण्डेले नेपालीमा उत्पादित फूलहरुलाई प्रचारप्रसार गर्न पनि आग्रह गरेका छन् । छिमेकी मुलुकबाट आएका अवैध फूलहरु विक्री गरेको पाइए विगतझैँ अहिले पनि अनुगमन गरी कारबाही गर्ने चेतावनी दिएका छन् ।


प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?