Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

उखु किसानको प्रोत्साहन रकम घटाइयो: ७५ रुपैयाँको साटो ७०, गतवर्ष त आधा मात्रै भुक्तानी !


काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले सरकारले उखु किसानलाई प्रोत्साहन रकम ७५ रुपैयाँ दिने भनेर ७० रुपैयाँ दिने गरिएको पाइएको बताएका छन्  ।

मन्त्रालयमा बुधवार भएको कृषि पत्रकारहरुसँगको अन्र्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले किसानलाई प्रतिक्वीन्टल ७५ रुपैयाँ अनुदान दिनुपर्ने ७० रुपैयाँ दिएको बताउँदै गतवर्ष त्यसमा पनि आधा कटौती गरेको बताए । गतवर्ष ३५ रुपैयाँ मात्रै प्रोत्साहन रकम भुक्तानी भएको उनले जानकारी दिएका छन् । के कारणले किसानको रकम कटौती भएको भन्ने बारेमा आफुलाई थाहा नभएको उनले बताए  । किसानले ७० रुपैयाँ नै अनुदान माग गरेकोले सरकारले सोहीअनुसार भुक्तानी थाल्न प्रक्रिया थालेको उनले जानकारी दिएका छन्  । उखु किसानको अनुदान भुक्तानीको लागी थप ८० करोड रुपैयाँ बराबरको दायित्व सरकारलाई थपिने उनको भनाई छ ।

उन ले दुग्ध विकास संस्थानले पनि ठूलो रकम किसानलाई भुक्तानी गर्न बाँकी रहेको बताएका छन् । संस्थानले किसानलाई ५३ करोड रुपैयाँ बुझाउन बाँकी रहेको जानकारी दिएका छन् । दशैँ अगाडी ८३ करोड भुक्तानी गर्न बाँकी रहेकोमा हाल ३० करोड भुक्तानी भएको उनले बताए  । उनले किसानले आफूलाई दुधको पैसा कहिले तिर्नुहुन्छ ? भनेर म्यासेज गर्ने गरेको समेत बताए । संस्थानले ४ महिनाभित्रमा दुधको सबै रकम भुक्तानी गर्ने उनको भनाई छ ।

उनले भने, ‘५३ करोड अहिले बुझाउनुपर्नेछ किसाहरुको, अहिले यहाँ मलाई बारम्बार फोन र म्यासेजहरु आईरहेको छ । तपाई अचम्म मान्नुहोला, केही किसानहरुले आएको भोलीपल्ट भएको छैन, दुधको पैसा कहिले तिर्नुहुन्छ ? भन्छ । अलिकति धैर्य राख्नुस् । अहिले अर्थमन्त्रीसँग पनि कुरा गरेको छु, प्रधानमन्त्रीसँग पनि कुरा गरेको छु । यसलाई पनि समाधान गर्ने हामी कोशिस गर्नेछौँ । अहिले भर्खर पनि मैले अघि नै भने ८३ करोड बाट ३० करोड घटिसक्यो । कतिराम्रो ट्रेन्डमा गईरहेको छ । हामी त्यहाँका म्यानेजमेन्टमा पनि प्लान बुझिरहेका छोँ । कति महिनामा यसलाई तिर्न सकिन्छ, बताउनुस् भनेपछि डाईरेक्सन त रामै दिईरहेका छन् । अब कस्तो हुन्छ, दुई तीन महिनामा हेरौँ । तर मैले बुझे अनुसार ४ महिनाभित्रमा पेमेन्ट हुन्छ होला । यस्तै अर्को समस्या उखु किसानको छ, हेर्नोस् । ७५ रुपैयाँ उनीहरुलाई प्रोत्साहन स्वरुप भनेर प्रति क्वीन्टल उखु जुन पेलिन्छ, त्यसमा सरकारले ७० रुपैयाँ दिईरहेको रहेछ । गत वर्ष के भयो थाहा भएन, त्यसालाई घटाएर ३५ रुपैयाँमा पारे । अब ती किसानहरु ४०/५० हजार किसानहरुको माग ३५ रुपैयाँ किन घटाईयो हामीलाई ७० रुपैयाँ चाहियो भनेर छ । ८० करोड बराबरको दायित्व अर्को थपिँदैछ । किसानहरुको मर्का त हामीले बुझ्नुपर्यो  नी । कि त सरकारले पहिले देखी दिईरहेको कुरा अहिले अकस्मात घटाउनपर्ने कारण के थियो होला ? ३५ रुपैयाँमा किन झार्यो  ?’

मन्त्री परियारले कृषि तथा पशु बीमा गर्ने, किसानलाई तरकारी तथा फलफूलको उचित मूल्य दिने, चिया तथा कफी उत्पादनमा प्रोत्साहन गर्ने लगायतका कार्य मन्त्रालयको प्राथमिकतामा रहेको बताएका छन् ।


प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?