Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

निर्वाचन आयोगद्वारा निर्वाचनको समीक्षा


निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम सुरु गरेको छ । आयोगले प्रदेश र जिल्लास्तरमा समीक्षा कार्यक्रम सञ्चालनको तयारीका लागि प्रारम्भिक समीक्षाका लागि आज र भोलि भक्तपुरको नगरकोटमा कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका सवल र दुर्वल पक्षको समीक्षा गरेर निर्वाचन पश्चात्को अवधिमा आयोगले गर्नुपर्ने कानुनी र नीतिगत सुधारका साथै अन्य कामको खाका कोर्नुपर्ने जनाउनुभयो ।

“विगतका निर्वाचनको समीक्षामा आएका निष्कर्षलाई कति कार्यान्वयन गर्न सकियो ? त्यसको पनि चिरफार गरेर भावी निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लागौँ ।” उहाँले भन्नुभयो, “निर्वाचन चक्रका हिसाबले आगामी आवधिक निर्वाचन आउँन पाँच वर्ष बाँकी रहँदा अहिले निर्वाचन अगाडिको अवधि हो । निर्वाचनको मिति घोषणा भइसकेपछि हामीलाई अस्तव्यस्त र त्रस्त अवधि अनुभव हुने गरेको छ । त्यसैले निर्वाचनपछिको अवधिमा पनि काम गरेर निर्वाचनको व्यवस्थापन र स्वच्छतामा योगदान पुग्नेछ ।”

उहाँले निर्वाचनको मिति निर्धारणको अन्योल र जनप्रतिनिधिको पदावधि र निर्वाचनका चरणबारे आयोगले निर्णय गरेर एक प्रकारको थिति बसाउन खोजे पनि यस्ता विषयलाई कानुनमै स्पष्ट पार्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै एउटा दलको व्यक्ति त्यो दलको जिम्मेवारीमा रहेकै बेला अर्काे दलको समानुपातिकको उम्मेदवार हुन पाउने नपाउने ? लैङ्गिकता र समावेशीतालाई संविधानको मर्मअनुसार कसरी पालना गराउने ? उम्मेदवारको योग्यतामा उठेका विवादलाई कसरी कानुनी निरुपण गर्ने जस्ता विषयमा समीक्षा गर्न प्रमुख आयुक्त थपलियाले आग्रह गर्नुभयो ।

प्रारम्भिक समीक्षा कार्यक्रममा निर्वाचन आयुक्तहरू, आयोगका सचिव, महाशाखा र शाखा प्रमुखहरूसहितको सहभागिता रहेको आयोगका उपसचिव कमल भट्टराईले जानकारी दिनुभयो ।


प्रकाशित मिति: १३ पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?