Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

जोखिमयुक्त बस्तीका बासिन्दालाई सावधानी अपनाउन काठमाडौँ महानगरको अनुरोध


काठमाडौँ । गएरातिदेखि परेको अविरल वर्षापछि काठमाडौँ महानगरले जोखिमयुक्त बस्तीका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ ।

सोल्टी मोड पश्चिमतर्फ काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिँदा घर नजिकै करिब पाँच फिट मात्र दूरी छाडेको महानगरले जनाएको छ। थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागले बोरा र ग्राभेल प्रयोग गरी कटान रोक्ने काम गरिरहेका छन्।

जोखिम बढेमा नजिकैका विद्यालयहरूमा बासिन्दा सार्ने तयारी गरिएको र कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको महानगरले जनाएको छ।


प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?