Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

नेप्सेमा सामान्य अङ्कको सुधार


२७ चैत्र, काठमाडाैँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पाँच दशमलव ५४ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ०२ अङ्कमा कायम भएको हो ।

आज दुई सय ६१ वटा कम्पनीको २९ लाख ६० हजार आठ सय ६३ कित्ता शेयर ३५ हजार पाँच सय ४९ पटक खरिदबिक्री हुँदा रू ९१ करोड १९ लाख ७६ हजार बराबरको कारोबार भएको छ । आज वित्त समूह एक दशमलव ६३ अङ्कले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ५३ दशमलव ५१ र निर्जीवन बीमा समूहको उपसूचक ३१ दशमलव ०६ अङ्कले बढेको छ ।

त्यस्तै, बैंकिङ समूह चार दशमलव १३, विकास बैंक समूह १८ दशमलव १५, जलविद्युत् समूह पाँच दशमलव ९६, लगानी समूह शून्य दशमलव ०९ र जीवन बीमा समूह १६ दशमलव १६ अंकले बढेको छ । नेप्सेका अनुसार आज उत्पादन तथा प्रशोधन समूह १४ दशमलव १४, लघुवित्त समूह छ दशमलव ६९, म्युचुअल फन्ड समूह शून्य दशमलव ०८, अन्य समूह शून्य दशमलव ५४ र व्यापार समूह २६ दशमलव ९२ अङ्कले बढेको छ ।

आज सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट देखिनेमा भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा छ दशमलव ५४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै रू छ करोड ८४ लाख १८ हजार छ सय ४३ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सानिमा मिडिल तमोरको दुई लाख छ हजार दुई सय ४७ कित्ता शेयर किनबेच भएको छ ।-


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?