Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

अस्वस्थ माछा-मासु खाँदा लाग्छन् डेढ सय बढी रोग, यस्तो छः मासु खाने तरिका


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्वस्थ माछा—मासुको प्रयोगले १ सय ६० भन्दा बढी रोगहरु निम्तिने खतरा रहेको बताएका छन् ।

उहाँले चाडबाडको बेलामा खानपानमा हुने असन्तुलन, जीवनपद्धतिमा हुने भद्रगोलका कारणले स्वास्थ्य सम्बन्धी समस्या बढी निम्तिने खतरा रहेको बताएका छन् । उनले स्वास्थ्य समस्या भइरहेका मानिसहरुमा झनै जटिलता निम्तिनसक्ने भन्दै शतर्कता अपनाउन आग्रह गरेका छन् । स्वास्थ्य समस्या नभएकाहरुमा पनि स्वास्थ्य सम्बन्धी आकस्मिक समस्या हुनसक्ने भन्दै खानपानमा विशेष ध्यान दिन आग्रह गरे । मासुका परिकारहरु बढी खाने, जंकफुडहरु खाने बानीले स्वास्थ्य समस्या झनै बढाउने बताए । स्वस्थ माछा मासु प्रयोग गर्नसके मात्रै पोशक तत्व प्राप्त हुने उनको भनाइ छ । सेकुवा, तारेर, भुटेर खाइने माछा मासुले पाचन प्रणालीमा समस्या निम्त्याउने बताए । छोइला जस्ता काँचो मासुबाट पनि रोग निम्तिने खतरा रहेको बताएका छन् । मासु खाँदा प्रेसर कुकरमा ५—६ सिठी लगाएर झोलिलो खानु राम्रो हुने र मासुसँगै हरियो सागपात खानु उचित हुने बताउदै मर्निङ वाकलाई निरन्तरता दिन पनि आग्रह गरेका छन् ।

उनले भने, ‘चाडबाडको बेलामा खानपानमा हुने असन्तुलन, जीवनपद्धतिमा हुने भद्रगोलको कारणले स्वास्थ्य सम्बन्धी समस्या देखापर्न सक्छन् । कसैमा भइरहेको स्वास्थ्य समस्यामा जटिलता आउने हुनसक्छ । स्वास्थ्य समस्या नभएकाहरुमा पनि स्वास्थ्य समस्या देखिएर आकस्मिक समस्या हुनसक्छ । त्यसकारण हामीले हाम्रो खानपानमा ध्यान दिनुपर्छ । हरेक समयमा मासुका विभिन्न परिकार खाने बानी छ । समय व्यस्त भएका कारण घरमा तयार गरेका नभइ जंकफुडहरु किन्ने र खाने बानी छ । आफ्ना नियमित रुपमा भएका व्यायाममा विश्राम लाग्छ र त्यसले बढी स्वास्य समस्या निम्त्याउँछ । स्वस्थ रुपमा माछा मासु प्रयोग गर्नुभयो, थोरै मात्रामा र ताजा माछा मासु प्रयोग गर्ने हो भने त्यसले स्वास्थ्यको लागि पोशक तत्व दिन सहयोग गर्दछ । रोगी पशुपंक्षी, वधशाला स्वस्थ छैन भने वा धेरै मासु, चिल्लो खानुभयो भने तपाईंहरुलाई १ सय ६० भन्दा बढी प्रकारका रोगहरु र स्वास्थ्य समस्या निम्तिने गर्दछन् । सेकुवा भनेर, तारेर, भुटेर माछा मासु धेरै खाँदा पाचन प्रणालीमा समस्या निम्त्याउँछ । त्यसले कब्जियत, झाडापखाला, खाद्य नलीको क्यान्सरको समस्या निम्तिन्छ । काँचो मासुबाट पनि रोग निम्तिन्छ । गोठदेखि ओठसम्म शुद्ध भएपछि मात्रै माछा मासु खानु उचित हुन्छ । मासु खाँदा प्रेसर कुकरमा ५—६ सिठी लगाएर झोलिलो खानु राम्रो हुन्छ । माछा मासु सेवन गर्दा जहिले पनि हरियो साग शब्जी पनि सँगसँगै खानुपर्छ । दालहरु, सलाद पनि खानुपर्छ । माछा, मासु मात्रैले पनि स्वास्थ्यमा नकारात्मक असर गर्दछ । मर्निङ वाकलाई निरन्तरता दिनुपर्छ ।’

उनले दीर्घरोगीहरुले पनि आफ्नो समयअनुसार दैनिक रुपमा औषधि सेवन गर्नुपर्ने सुझाव दिएका छन् । चाडवाडका समयमा पहिलै औषधिहरु किनेर राख्न पनि सुझाव दिए । भरसक सेतो मासु खान आग्रह गरेका छन् । कुखुरा, माछा वा अन्य पंक्षीहरुको मासु खान सुझाव दिएका छन् । खसी, राँगा, बोका, बाख्राको मासु रातो हुनेले स्वास्थ्य समस्या निम्त्याउनसक्ने बताए ।


प्रकाशित मिति: १५ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?