Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

बालकलाई चुम्बन गरेको भिडियो भाइरल भएपछि दलाई लामाले मागे माफी


२७ चैत्र, एजेन्सी । बाैद्ध धर्मगुरू दलाई लामाले माफी मागेका छन् । एक बालकलाई चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएर आलोचना भएपछि दलाई लामाले माफी मागेका हुन् ।

उक्त घटनाप्रति खेद व्यक्त गर्दै दलाई लामाद्वारा जारी वक्तव्यमा उक्त बोली र व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भन्दै क्षमाप्रार्थी भएको उल्लेख गरिएको छ ।

भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा निर्वासनमा रहेका धर्मगुरू दलाई लामाले एक बालकलाई ओठमा चुम्बन गरेपछि आफ्नो जिब्रोमा पनि चुम्बन गर्न लगाएका थिए । सोही भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको चर्को  आलोचना भएको थियो ।

आलोचना बढ्दै गएपछि लामाले सोमबार विज्ञप्ती नै जारी गरेर माफी मागेका हुन् ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?