Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

बालकलाई चुम्बन गरेको भिडियो भाइरल भएपछि दलाई लामाले मागे माफी


२७ चैत्र, एजेन्सी । बाैद्ध धर्मगुरू दलाई लामाले माफी मागेका छन् । एक बालकलाई चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएर आलोचना भएपछि दलाई लामाले माफी मागेका हुन् ।

उक्त घटनाप्रति खेद व्यक्त गर्दै दलाई लामाद्वारा जारी वक्तव्यमा उक्त बोली र व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भन्दै क्षमाप्रार्थी भएको उल्लेख गरिएको छ ।

भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा निर्वासनमा रहेका धर्मगुरू दलाई लामाले एक बालकलाई ओठमा चुम्बन गरेपछि आफ्नो जिब्रोमा पनि चुम्बन गर्न लगाएका थिए । सोही भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको चर्को  आलोचना भएको थियो ।

आलोचना बढ्दै गएपछि लामाले सोमबार विज्ञप्ती नै जारी गरेर माफी मागेका हुन् ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?